इन्टरनेट सेवाप्रदायक वेव नेटर्कोस प्रा.लि. (वेव नेट) १० औँ वर्षमा प्रवेश गरेको छ । बुटवलबाट सुरु भएको वेव इन्टरनेट १० औँ वर्षसम्म प्रवेश गरेको हो । इन्टरनेट १० औँ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार बुटवलममा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।सो अवसरमा बोल्दै इन्टरनेट कम्पनीका सिइओ क्षितिज क्षेष्ठले ग्राहकको साथ र मायाका कारणले गर्दा आफुहरु अहिले यो स्थानमा आउन सफल भएको बताए । अहिले इन्टरनेटलाई वायरलेसबाट सुरु गरेर अहिले फाइवर स्टिमबाट सेवा प्रदान गरेको श्रेष्ठले बताए । कम्पनीले १० वर्षको अवधिमा धेरै आरोह अवरोह पार गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । साथै अब लुम्बिनी प्रदेशका १२ जिल्लामा नै सेवा विस्तार गर्ने गरी आफुहरु लागि रहेको सिइओ क्षेष्ठले बताए । यस्तै उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वेव इन्टरनेटसँग आफु सुरुवाति चरणदेखि नै नजिकबाट बुझ्ने हेर्ने अवसर पाएको र इन्टरनेट कम्पनीले ग्राहकको सेवामा विशेष ध्यान दिने गरेको बताए ।साथै आगमी दिनमा पनि अझ गुणस्तरीय र भरभर्दो रुपमा सेवा प्रदान गर्न आग्रह गरे । इन्टरनेटले १० औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको शेयर सदस्य विजय भण्डारीले बताए । उनका अनुसार वार्षिक रुपमा इन्टरनेटको रिर्चाज गर्दा ४ महिना थप हुने र १०० एमविपीएसको इन्टरनेट जडान ६ हजारमै हुने भण्डारीले बताए । बुटवलमा केन्द्रिय कार्यालय रहेको वेव इन्टरनेट प्रा.लि.ले अहिले रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, नवलपरासी र चितवनमा सेवा प्रदान गर्दैै आइरहेको छ । गा्रहकको सहजताका लागि ती जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय र कनेक्शन काउन्टरको माध्यमबाट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । घरेलु र कपोर्रेट सेवा प्रदान गर्दै आएको वेव इन्टरनेटका अहिले २० हजार भन्दा बढी ग्राहक रहेका छन् ।
वि.स. २०७२ असोजमा क्षिजित श्रेष्ठ र विजय भण्डारीले सुरुवात गरेको उक्त इन्टेरनेट कम्पनीमा दिपेन्द्र शर्मा, कृष्णबहादुर पुन, उदय पोखरेल, प्रकाश क्षेत्री र सुरेन्द्र श्रेष्ठ गरी ८ जना शेयर हेल्डर रह्ेका छन् । यस्तै ४५ जना भन्दा धेरैले रोजगारी समेत पाएका छन् ।
वार्षिकोत्सव कार्यक्रम विनिता विश्वकर्माको स्वागत मन्तव्य र यशोधा न्यौपानको संचालनमा सम्पन्न भएको थियो ।



