spot_img

सैनामैना बासँगढिमा रहेको गुलाब बहुउद्देश्यीय सहकारीको संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

गुलाब बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न
सैनामैना, असोज २७ ।
रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन सोमबार एक समारोहका बीच सहकारीका जेष्ठ सदस्य रामनारायण ज्ञवालीले गर्नुभयो ।
साधारण सभाको अवसरमा बोल्ने अतिथिहरुले गुलाब बहुउद्देश्यीय सहकारीले सेयर सदस्यहरुको हितका लागि राम्रो कार्यक्रम ल्याएको र यसले यस क्षेत्रका सेयर सदस्यहरुको मन जित्न सफल भएको भन्दै सहकारीको प्रशंसा गर्नुभयो ।
त्यसैगरी सहकारीले यस क्षेत्रका निक्षेपकर्ताले जम्मा गरेको रकममा ब्याज प्रदान गर्ने, ऋण दिने, उद्यम, कृषि तथा अरु पेशा गर्न चाहनेहरुलाई लगानी गरेर आर्थिक विकासमा ठूलो टेवा पु¥याएको सेयर सदस्यहरुले बताएका छन।
सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष गोपाल भण्डारीले गुलाब बहुउद्देश्यीय सहकारीले सेयर सदस्यहरुको आर्थिक र सामाजिक जीवनस्तर माथि उठाउन ऋण लगानीको माध्यमबाट सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारमात्र नगरी जेष्ठ नागरिकलाई सम्मान, शेयर सदस्यका छोरा छोरीलाई सम्मान, कृषकलाई आवश्यक मलको व्यवस्था, सुत्केरी स्याहार कार्यक्रम तथा केरा खेती प्रोत्साहन लगायत सामाजिक क्षेत्रमा योगदान दिदै आएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले सहकारीले १३ बर्षको सानो समयमा पनि उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि सहकारीले शेयर सदस्य बचतकर्ताको हितको लागि काम गरिरहने प्रतिवद्धता जनाउनु भयो ।
त्यस अवसरमा रुपन्देही बचत तथा ऋण सहकारीकी शर्मिला भट्टराई, सहकारीका सदस्यहरु दिनेश घिमिरे र हेमा बेल्बासे, गोमा तरामु र उमानाथ कँडेल लगायतले शुभकामना ब्यक्त गर्दै सानो सानो पुँजी संकलन गरि सहकारीले ठूलो सफलता हासिल गरेको भन्दै सहकारीलाई अझै माथि बढाउन सवैको चासो र प्रतिवद्धता हुनुपर्नेमा जोड दिनुभयो ।जेष्ठ सदस्य हरुलालाई सम्मान गरिएको थियोे
सहकारीका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको साधारण सभा उदघाटन समारोहमा कोषाध्यक्ष मुक्तबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव चन्द्रमणि ज्ञवालीले स्वागत र शेयर सदस्य कल्पना गैरेले संचालन गर्नुभएको थियो ।
सहकारीमा एक हजार ७३ जना महिला र ९ सय ५१ पुरुष गरि जम्मा दुईहजार २४ जना शेयर सदस्य रहेका छन ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर