spot_img

गुल्मी एक बिद्यार्थी अपहरण अन्य बिद्यार्थी लाई मार्ने र किड्नी निकालेर लैजाने धम्की

मदाने गाउँपालिका–६, पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयका एक विद्यार्थी विद्यालय जाँदै गर्दा अपहरणमा परेको घटना सार्वजनिक भएको छ ।

विद्यालयका प्रधानाध्यापक मदन ब. कुँवर क्षेत्रीका अनुसार, कक्षा ७ मा अध्ययनरत भुवन कुँवरलाई वडा नं. ७, भनभनेको बाँसडाडा स्थित घरबाट विद्यालयतर्फ जाँदै गर्दा कन्के देउराली तलको सडकमा नकाबधारी चार जना अपरिचित युवाले जबर्जस्ती ग्वारीको जंगलतर्फ लगेको बताए ।

घटनाको समयमा विद्यार्थीहरूमध्ये आठ जना त्यहाँ उपस्थित थिए । त्यस पश्चात विद्यार्थीहरूले रुँदै फोनमार्फत विद्यालयलाई जानकारी दिएपछि तत्काल प्रहरीलाई सूचना दिइएको थियो । घटना प्रत्यक्ष देखेकी सातकी छात्रा आयुष्मा ताम्राकारका अनुसार, उनीहरूले आफूहरुलाई मार्ने र किड्नी निकालेर लैजाने धम्की दिएको बताइन ।

प्रहरी स्रोतका अनुसार अपहरणमा संलग्न व्यक्तिहरूको अनुहार कालो र हिन्दी भाषामा कुरा गर्ने खुलासा भएको छ । ईलाका प्रहरी कार्यालयबाट खोजतलासका लागि आवश्यक प्रहरी, विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरू पनि सहभागी रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी गङ्गा बहादुर सारुले बताए श्रोत बुटवल टुडे।।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर