रुपन्देहीको सैनामैना नगरपालिकामा तातोहावाको जोखिम न्युकिरणका लागि अभिमुखिकरण व्यापक रुपमा चल्दै । एकै दिनमा हिट चेम्पीयन समुहबाट २२ वटा अभिमुखिकरण सम्पन्न ।
सैनामैना नगर पालिका र नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको सँयुक्त साझेदारी र सहकार्यमा सँचालित शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रबद्र्धन परियोजना अन्तर्गत तातो हावाको लहर लूः र स्वास्थ सम्बन्धी पहल गतिबिधी अन्तर्गत सन्कटासन्न टोल बिकास संस्था लाई तातो हावा र स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सैनामैना नगरपालिकामा आईतबार एकै साथ सम्पन्न भएको छ। सैनामैना नगरपालिकाका सबै वडाहरुका दुई दुई वटा टोलहरुमा यस अघि सैनामैना नगरपालिकाले तयार गरेको हिट एक्सन चेम्पीयन टीम र परियोजनाको प्राबिधिक सहयोगमा कार्यक्रम आज सम्पन्न भएको हो। कार्यक्रम सँचालन गर्नुपूर्व परियोजनाले हिट चेम्पीयन टीमका लागि दुई दिने तातोहाको प्राथमिक उपचार का साथै जनचेतनामुलक सन्देशको रुपमा सँकटासन्न समुदायहरुमा दिनुपर्ने स्वास्थ्य सन्देशबारे समूहलाई अभिमुखिकरण गरिएको थियो। तातोहावाको प्राथमिक उपचार तालिममा प्रतिबद्धता जनाईए अनुरुप तालिम प्राप्त हिट एक्सन टीमको नेतृत्वमा २२ वटा टोलमा बिकास सँस्थाहरुमा एकै साथ कार्यक्रमको आयोजना गरिएकोमा हिट एक्सन टीमले बिपद पूर्वतयारीका लागि सँगठित रुपमा छोटो समयमा पनि ठूलो कार्य गर्नसक्ने आफ्नो क्षमतालाई प्रदर्शन गरेको छ र बिपद आईहालेको अबस्थामा पनि हाम्रो पुरा समूह सक्रिय र उपस्थिती दिन सक्दछ भन्ने सन्देश दिन पनि उक्त कार्यक्रम गरिएको जनाईएको छ। समुदामा जनचेतना जगाउने तथा तातोहावाको लहर लूः बाट बच्ने उपायबारे समुदायलाई सुचित गरि सॅकटासन्न समुदायको जोखिम न्यूनिकरणमा हिट एक्सन टीमले आज गरेको योगदानबाट सैनामैना नगरपालिकाको बिपद पुर्वतयारीमा क्षमता प्रदर्शन भएको छ ।
हिट एक्सन चेम्पीयन टीमले सैनामैना नगरपालिका वडा न १ को रानी बगैचा टोलमा चेम्पीयन दिपक चालिसे, एकता टोलमा चेम्पीयन स्वस्तीका थापा, वडा न. २ को ईन्द्रेणी टोलमा चेम्पीयन राजकुमारी बिष्ट, सँगम प्रगती टोलमा चेम्पीयन बिकास पौडेल वडा न ३ को हाट बजार टोल र नमुना टोलमा चेम्पीयन प्रदिप गौतम र महेश अधिकारी, वडा न. ४ को राधाकृष्ण टोलमा चेम्पीयन चमेली रायमाझी र प्रगती टोल बिकास सँस्थामा चेम्पीयन जंग बहादुर थापा वडा न ५ को बुद्धनगर टोलमा चेम्पीयन माधब पौडेल तथा मलमला टोलमा चेम्पीयन मधु गौतम, वडा न ६ को कैलाश टोलमा चेम्पीयन पुष्पा काफ्ले र कुटी टोलमा चेम्पीयन झक प्रसाद पोख्रेल वडा न ७ को हरियाली टोलमा चेम्पीयन झुमा काउचा राम नगर टोलमा चेम्पीयन कमला खनाल, वडा न ८ को सूर्य नगर टोलमा चेम्पीयन तेज प्रसाद ढकाल र शान्तीनगर टोलमा चेम्पीयन घनश्याम पाण्डेय वडा न ९ को शंकर पुर टोलमा चेम्पीयन सपना कुँवर तथा भड्छी टोलमा चेम्पीयन सीता आचार्य, वडा न १० को बेम्टेनी टोलमा चेम्पीयन लक्ष्मी रेग्मी र पानबारी टोलमा चेम्पीयन बिबेक कार्की तथा वडा न ११ को उत्तर बरौली टोलमा चेम्पीयन बिकास श्रेष्ठ तथा चिसापानी टोलमा चेम्पीयन अशोक भुषाल ले गर्नु भएको थियो ।
संकटासन्न टोल बिकास सँस्थाहरुलाई तातोहाकाको लहर लूः र स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा जन प्रतिनिधिहरु, हिट एक्सन चेम्पीयन टीम, नगर स्तरिय स्वयंसेबक ब्युरो तथा रेडक्रस कर्मीहरु लगायत प्रत्येक टोलमा र सरोकारवाला र समुदायको उपस्थिीतीहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन।
तातोहावाका जोखिमका दृष्टिकोणले प्रत्येक वडाका ५ वटा सँकटासन्न क्षेत्रहरु यस अघि नै छनौट भईसकेकोले उक्त पाँच मध्ये २ वटामा आज सम्पन्न गरिएको तथा अभिमुखिकरण कार्यक्रममा तातोहावाको परिचय, यसका कारण स्वास्थ्यमा पर्ने जोखिम, सुरक्षित हुनका लागि अपनाउनुपर्ने उपायहरु, संकटासन्न समाबेशी समुहका व्यक्तिहरुको स्याहार र सुरक्षाका उपायहरु, तातोहावाको समयमा गर्न हुने र नहुने कार्यहरु, अनुकुलनका लागि स्थानिय स्तरमा अपनाईएका उपायहरु, दिगो समाधानका लागि व्यक्ति र समुदायले गर्न सक्ने कार्यहरु आदि हिट चेम्पीयन समुहका सदस्यहरुले अभिमुखिकरण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा टोल बिकास सँस्थाका अध्यक्षको अध्यक्षता र जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।



