रुपन्देहीको बुटवल उप महानगरपालिका कालिका नगरमा पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्र ले हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्यक्षता पश्चिम बाग्लुङ सम्पर्क केन्द्रका अध्यक्ष देव बहादुर कुँवरले आफू हरुको मुख्य उदेश्य पश्चिम बाग्लुङ निसि खोला गाउँपालिका तमान खोला गाउँपालिका ढोरपाटन नगरपालिका बडिगाड गाउँपालिका गलकोट नगरपालिका ताराखोला गाउँपालिका बाट रुपन्देहीको १६ पालिकामा बसोबास गर्ने हरु एक आपसमा चिनजान भाईचाराको सम्बन्ध स्थापित गर्न र रुपन्देहीका सबै पालिका र पश्चिम बाग्लुङका सबै पालिला संग शिक्षा स्वास्थ्य पर्यटन लगाएत थुप्रै कुरालाई जोडनु संस्थाको मुख्य उदेश्य रहेको अध्यक्ष कुँवरले बताउनु भयो ।
बुटवल उप महानगरपालिकाका उप प्रमुख साबित्र देवि अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उप प्रमुख अर्यालले महिलाहरुको महान पर्व हरितालिका तीज जस्ता चाडपर्वले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउदै आएको बताउनुभएको छ । उहाँले “बुटवल उपमहानगरपालिकाभित्र बहुजातीय, बहुसांस्कृतिक उपमहानगर भएकोले तीज जस्ता चाडपर्वहरूले यही विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्र संग पर्यटन शिक्षा रोजगार संगै सांस्कृतिक गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरि विशिष्ट अतिथि कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेमन्त थापा लगाएतले महिलाहरुको धार्मिक र सांस्कृतिक पर्वलाई एकताको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “तीज पर्वले आमा–दिदीबहिनीहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई एकतामा बाँध्ने माध्यम बनेको छ । उहाले यस्ता कार्यक्रमहरूले हाम्रो संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँने बिश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रहरी कार्यलय बुटवलमा प्रमुख ईन्द्र रानाले सबै नेपाली दिदीबहिनीको महत्त्वपूर्ण चाड भएकाले कोही कसैले तडकभडक नगरी सभ्य तरिका मनाउनु पर्ने र दिदीबहिनीहरूबीच आपसमा सद्भाव कायम हुनु पर्ने बताउनुभयो ।
संस्थाका बरिस्ठ उपाध्यक्ष इन्द्र थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा आजिव सदस्य र साधारण सदस्यलाई प्रमाणपत्र वितरण संगै बिच बिचमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियोे कार्यक्रम सञ्चालन संस्थाका महासचिव नरहरी भुसालले गर्नुभएको थियो ।



