spot_img

अरिङ्गालको टोकाइबाट १ को मृत्यु, ५ घाइते

अरिङ्गालको टोकाइबाट १ को मृत्यु, ५ घाइतेरोल्पामा अरिङ्गालले टोक्दा एकको मृत्यु र पाँच घाइते भएका छन । अरिङ्गालले टोकेर मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.७ धाक्री पानी बस्ने भाइरती परियारको छोरा वर्ष ७ को मोहन परियार भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार निजको रोल्पा अस्पताल रेउघामा उपचारको क्रममा शुक्रवार राती १ः १० वजे मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते हुनेहरूमा त्रिवेणी गाउँपालिका ७ बस्ने कमल प्रकाश परियारको छोरी वर्ष १४ कि सुनिता परियार सोही ठाउँका धन बहादुर परियारको छोरा वर्ष १० को शङ्कर परियार, झुमा परियारको छोरी वर्ष १० की मनिषा परियार, दिल बहादुर परियारको छोरा वर्ष ४ को आशिष परियार र भिम बहादुर परियारको छोरा वर्ष ८ को कमल परियार रहेको प्रहरीले जनाएको छ ।

भदौ ५ गते बेलुका ४ः३० बजेको समयमा विद्यालयबाट घर फर्कने क्रममा उनीहरूलाई अरिङ्गालले टोकेको थियो । वीरेन्द्र माध्यमिक विद्यालय गाङमा अध्ययनरत उनीहरू विद्यालय वाट छुट्टी भई घर फर्कने क्रममा सोही ठाउँमा पर्ने तिला जङ्गलको बाटोमा हिँडिरहेको अवस्थामा अचानक अरिगांलले शरीरको विभिन्न भागमा टोकी घाइते बनाएको थियो ।

घाइते उनीहरूलाई उपचारको लागी सोही दिन बेलुका ९ बजे रोल्पा अस्पताल रेउघामा ल्याई उपचार गरिएको थियो । घाइतेहरूलाई थप उपचारको लागी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर