spot_img

तिज मिलन कार्यक्रम भदौ ७ गते पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले मनाउने

तिज मिलन कार्यक्रम भदौ ७ गते पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले मनाउने
पश्चिम बागलुङ रूपन्देही सम्पर्क केन्द्रको पश्चिम् बाग्लुङ ४ पालिका बडिगाड गाउँपालिका ढोरपाटन नगरपालिका निसिखोला गाउँ पालिका तमान खोला गाउँपालिका बाट रुपन्देहीको जुनसुकै पालिकामा बसोबास गर्ने पश्चिम बाग्लुङ का लाई उपस्थिति को लागि पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले हार्दिक निमन्त्रणामा गरेको छ ।

पश्चिम बागलुङ रुपन्देही सम्पर्क केन्द्र कार्य समितिको नियमित बैठक केन्द्रका अध्यक्ष देव बहादुर कुँवरको अध्यक्ष्ता, वरिष्ठ उपाध्यक्ष इन्द्रजित थापाको स्वागत मन्तव्य र महासचिव नरहरि भुसालको सञ्चालनमा आगामी भाद्र ७ गते वृहत तीज मिलन कार्यक्रम गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

बैठकले भाद्र ७ गते शनिवारका दिन २०८१ को एस.एल.सी परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, जेष्ठ आमाहरु लगाएत उत्कृष्ट महिला उद्यमीहरुलाई समेत कार्यक्रममा सम्मान र स्थानीय कलाकारहरु समेतको वेजोड प्रस्तुती र पश्चिम बागलुङको मौलिकता झल्किने खालको तीज गीतहरुको प्रस्तुती का साथै १५ वर्ष तलका वाल बाललिकाहरुको गायन र नृत्य क्षेत्रको क्षमता पहिचान कार्यक्रम समेत रहने गरि महाराजा रिसोर्ट कालिका नगरमा सम्पन्न गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर