रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएकाे छ ।
सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार तिलोत्तमा नगरपालिका २०७९/८० सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो ।
तिलोत्तमाले पाएको याे उपलब्धिलाई स्थानीय तहको सुशासन र पारदर्शिताप्रतिको उदाहरणीय कदमका रूपमा लिइएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएका तिलाेत्तमा सहित ६ वटा पालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष सम्मान गर्नेछ ।
यहि भदौ ६ गते काठमाडौंमा आयोजना गरिएकाे कार्यक्रममा तिलोत्तमा नगरपालिकासहित स्वमूल्याङ्कनमा उत्कृष्ट छानिएका चितवनकाे खैरहनी नगरपालिका, धादिङकाे नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका, स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका तथा गुल्मीकाे रूरूक्षेत्र गाउँपालिकालाई सम्मान गरिने छ ।
त्यस अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भसमेत हुने मन्त्रालयले जनाएको छ ।
कार्य सम्पादनमा तिलोत्तमा नगरपालिका देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानीय तहका रुपमा छनौट
प्रतिक्रिया



