लुम्बिनी प्रदेशका सांसदले आर्थिक वर्ष २०८१/८२ मा २३ लाख २७ हजार ९७१ रुपैयाँ औषधी उपचार खर्च बाफत बुझेका छन् । लुम्बिनी प्रदेश सभाका २९ जना सांसदले उक्त रकम उपचार बाफत बुझेका हुन्।सुगर, प्रेसर जाँच लगायतका सामान्य उपचार गराए वाफत पनि सांसदहरुले प्रदेश सभा सचिवालयमा बुझाउने गर्छन् । यसरी उपचार खर्च वाफत पैसा लिनेहरुमा अधिकांश सांसद धनाढ्य नै अघि रहेको देखिन्छ ।अर्घाखाँचीबाट निर्वाचित सांसद रामजीप्रसाद घिमिरेले १६ हजार ६६३ रुपैयाँ बुझेका छन् । सांसद घिमिरेको आर्थिक अवस्था मजबुद नै छ । उनका छोरा र छोरी हाल अष्ट्रेलियामा छन् । सामान्य रुघा खोकीको उपचार आफ्नै खर्चमा गर्न सक्ने क्षमता भएका सांसद नै हुन्, घिमिरे । तर, यीनै सांसद घिमिरेले राज्यकोषबाट सामान्य उपचार गर्दा समेत पैसा लिन्छन् ।रुपन्देहीबाट निर्वाचित सांसद भेजप्रसाद श्रेष्ठले १ लाख ८ हजार ३२१ रुपैयाँ उपचार वाफतको रकम बुझेका छन् । नेकपा एमालेका संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ आर्थिक हौसियत राम्रो भएका सांसद हुन् । २०५४ साल बुटवलको प्रमुख र मन्त्री समेत भइसकेका सांसद श्रेष्ठ सामान्य विरामी हुँदा आफै खर्च गर्न नसक्ने होसियतका होइन् । बुटवलमा उनको सुविधा सम्पन्न घर छ। उनका एक छोरा प्रतिष्ठित औषधि व्यवसायी छन् भने अर्का डाक्टर छन्। तर, पनि सांसद श्रेष्ठले राज्यको कोषबाट उपचारका लागि पैसा लिन्छन् ।प्रदेश सांसद अब्दुल रजाक गद्धीले ५ लाख उपचार वाफतको रकम बुझेका छन् । रुपन्देहीका अब्दुल गद्धी रजाकको रुपन्देहीको धकधईमा सुविधा सम्पन्न घर छ । उनी त्यस क्षेत्रका जमिनदार समेत हुन् । रजाकका छोराहरु विभिन्न पेशा व्यवसायमा आवद्ध पनि छनु । उनका एक छोरा बैङ्कमा जागिर गर्छन् । अर्का छोरा इन्जिनियर छन् भने एउटा ठेक्का पट्टासँगै राजनीतिमा पनि सक्रिय छन् । सांसद रजाक दिर्गरोगि हुन् । केन्द्रको राज्यमन्त्री समेत भएका रजाक दिर्गरोगि भएता पनि उपचार खर्च आफै तिर्न नसक्ने होसियतका भने होइन् ।
नेकपा एमालेबाट सामानुपातिक सांसद बनेकी रेखा कुमारी शर्माले १६ हजार ६७० उपचार बाफत रकम बुझेकी छिन् । सांसद शर्मा धेरै जसो उनी काठमाडौँमा नै बस्छिन् । सांसद शर्मा सामान्य उपचार गराउँदा समेत राज्यको मुख ताक्नु पर्ने अवस्थाकी भने होइन् ।
कसले कति बुुझे ?
लुम्बिनी प्रदेशका सांसदले उपचार खर्च वाफत ६ हजारदेखि ५ लाखसम्म बुझेका छन् । प्रदेशसभा सदस्य अब्दुल गद्धी रजाकले सबै भन्दा धेरै ५ लाख उपचार खर्च बुझेका छन् भने सांसद मिना बुढा मगरले ६ हजार ८९६ रुपैयाँ बुझेकी छिन् ।
सांसद सरिता पुनले ३ लाख ७८ हजार २७२, उपसभामुख समेत रहेकी मेनुका खाँडले ४८ हजार २४५, धनलक्ष्मी श्रेष्ठले ४० हजार ३९९, नरमाया ढकालले ५९ हजार ५५६, सुशिला वादीले ३१ हजार ८९०, गिरिधारीलाल न्यौपानेले १ लाख १४ हजार ७५८ रुपैयाँ बुझेका छन् ।
यस्तै माया पुनले ५१ हजार १४१, इन्द्रजित थारुले २५ हजार, भवगती अधिकारीले ३२ हजार ७३९, इन्द्रकुमारी गहतराजले १८ हजार १८०, जानकी न्यौपानले ११ हजार ७४८, राजु श्रेष्ठले १ लाख ३२ हजार ७३२, चिन्तामणी पाण्डेले २० हजार ५७५, दिलकुमारी बुढाले २९ हजार ३८१, देविप्रसाद चौधरीले ४३ हजार २४८, यमबहादुर नेपालीले ३७ हजार ८००, मिना कुमारी श्रेष्ठले ६९ हजार ३९५ उपचार बाफत रकम बुझेका छन् ।
मिनाकुमारी बोहोराले ४१ हजार २७३, विश्वप्रेम पाठकले २७ हजार ३४९, तुल्सी शर्माले ५२ हजार ५५४, लोकीकुमारी विकले ३१ हजार ५१८, जानकीप्रसाद यादवले १ लाख ५ हजार ४०० र जन्मजय तिमिल्सीनाले २८ हजार ६८९ रुपैयाँ बुझेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सूचना अधिकारी गिरिराज खनालकाले उपचारको विल बुझाए अनुसार उपचार खर्च प्रदान गर्ने गरिएको बताए । ‘सासंदहरुले पेश गरेका उपचार गराउँदाका बिल स्वास्थ्य उपचार कोष वैठकमा पेश गछौँ, उक्त स्वास्थ्य उपचार कोषको बैठकबाट स्वीकृत भएपछि माग बमोजिमको रकम भुक्तानी गछौँ,’ उनले भने ।
bbbbbb
Screenshot 2025-08-18 211912
अनुगमनका नाममा पनि बुझे लाखौँ रकम
लुम्बिनी प्रदेशका सांसदहरुले उपचारका नाममा मात्रै होइन्, अनुगनका नाममा विभिन्न जिल्लामा घुमेर लाखौँ रकम बुझ्ने गरेको पाइएको छ । लुम्बिनी प्रदेशका विषयगत समितिको अनुगमन तथा सार्वजनिक सुनुवाईको नाममा घुमफिर गरे सांसदहरुले लाँखौ भत्ता बुझेका हुन् ।
लुम्बिनी प्रदेशको प्रदेश मामिला तथा कानुन समितका सभापतिसहित सदस्यहरु रुपन्देहीमा २०८१ पुस २४ गतेदेखि २९ गतेसम्म संसदीय स्थलगत निरीक्षण, अवलोकन तथा सार्वजनिक सुनुवाईका लागि रुपन्देही आएका थिए । उनीहरुले यहाँ आउँदा दैनिक भत्ता वाफत ६ हजार ५०० भत्ता बुझेको पाइएको छ ।
यस्तै अर्थ उद्योग तथा पर्यटन समितिको टिम यही असार ८ गतेदेखि १४ गतेसम्म कपिलबस्तु, रुपन्देही र पाल्पामा संसदीय निगरानी तथा अनुगमनका लागि भन्दै गएका थिए । यहाँ आए वाफत उनीहरुले जनही १२ हजार ५०० भम्रण भत्ता बुझेका थिए ।
सार्वजनिक लेखा समितिको टिम बाँकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थलगत अनुगमनका लागि पुस ८देखि १२ गतेसम्म गएको गएको भन्दै त्यस समितिका सदस्यहरुले ८ हजार ५०० रुपैयाँ बुझेको पाइएको छ ।
भौतिक पूर्वाधार तथा विकास समितिको टिम आयोजनाहरुको स्थालगत अनुगमनको नाममा प्रतिसदस्य १२ हजार ५०० बुझेका छन् । उनीहरु रुपन्देही, नवलपरासी र कपिलबस्तुका विभिन्न आयोजनाहरुको अनुगमन नाममा सो रकम बुझेका हुन् ।
यस्तै भौतिक पूर्वाधार विकास समितिको टिमले दाङ, बाँके र बर्दियामा आयोजनाहरुको अनुगमन गर्न जाँदा जनही १० हजार ५०० बुझेको भेटिएको हो ।
कृषि वन तथा वातावरण समितिका सदस्यहरुले पनि विभिन्न आयोजनाहरुको अनुगमनको नाममा ८ हजार ५०० रकम लिएको खुलेको छ । लुम्बिनी प्रदेशसभा सचिवलायका सूचना अधिकारी गिरीराज खनालले विषयगत समितिका सदस्यहरु विभिन्न स्थानमा अनुगमन जाँदा दैनिक २००० हजारमा करकट्टी गरेर भ्रमण भत्ता प्रदान गरिएको बताए ।
जनप्रतिनिधिहरुले नागरिकका काम भन्दा पनि आफ्नो स्वार्थमा मात्रै सिमित भएको भन्दै चर्को आलोचना हुने गरेको छ । बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्र विभागका सदस्य कृष्ण भण्डारीलेसांसदहरुले विभिन्न शिर्षक तबल भत्ता बुझ्नु गलत रहेको बताउँछन् ।
‘नागरिकले आधारभूत सेवा सुविधा समेत सांसदहरुले विभिन्न शिर्षकमा पैसा बुझ्नु राम्रो कुरा होइन्, कृषकले मल समेत पाएका छैन्। राज्य नागरिकको ’ उनले भने ।
शासकहरुले नागरिकलाई उपेक्षा गर्ने र आफुले मात्रै सेवा सुविधा उपभोग गर्दा संघीयताप्रति नागरिकमा वितृष्ण सृजना भएको भण्डारी बताउँछन् । ‘जनप्रतिनिधिले आफु राज्यको स्रोत साधनमा रजगज गर्ने, आसेपासे पोस्ने तर, जनतालाई उपेक्षा गरे जस्तो देखिन्छ । यही कारणले प्रदेश सरकार माथि नागरिक स्तरबाट प्रश्न उठेको हो,’–उनले भने ।
यस्तै आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले आर्थिक रुपमा सबल र सक्षम जनप्रतिनिधिले राज्यकोषबाट उपचार खर्च लिनु अनैतिक, गैरजिम्मेवारी कार्य भएको बताउँछन् ।
‘गरिब जनताले स्वास्थ्य बिमा कार्यक्रम मार्फत ओैषधि उपचार पाउन नसकेर ऋण लिएर उपचार गर्न बाध्य छन् । यस्तो परिस्थितिमा आर्थिक रुपमा सबल र सक्षम जनप्रतिनिधिले राज्यकोषबाट उपचार खर्च लिनु भनेको अनैतिक, गैरजिम्मेवारीका साथमा आफ्नो काटो आफै खानु सरह हो,’ उनले भने । श्रोत गोलोबल आवाज वसन्त आचार्य ।



