spot_img

सैनामैनामा तातो हावाको प्रभाव र त्यसको स्वास्थ्य व्यवस्थापनबारे दुई दिने नगरपालिका स्तरीय कार्यशाला सम्पन्न

रुपन्देहीको सैनामैनामा तातो हावाको लहर (लु) का प्रभाव र त्यसको स्वास्थ्य व्यवस्थापनबारे दुई दिने नगरपालिका स्तरीय कार्यशाला सम्पन्न भएको छ।

सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको संयुक्त आयोजनामा सम्पन्न कार्यशाला त्रिमूर्ति पार्टी प्यालेस, सैनामैना–१ मा सम्पन्न भएको हो।

कार्यशालाको पहिलो दिन (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखा भैरहवाका कार्यालय प्रमुख बरुण पौडेल, स्वीस रेडक्रसका वरिष्ठ विपद् अधिकृत घनश्याम सापकोटा र नेपाल रेडक्रस सोसाइटी जिल्ला रुपन्देहीका परियोजना अधिकृत कृष्ण मल्लले तातो हावाको वैज्ञानिक पक्ष, जोखिम व्यवस्थापन र स्वास्थ्यमा पर्ने प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी दोस्रो दिन (आइतबार) सैनामैना नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र शिक्षाप्रेमीहरुको सक्रिय सहभागितामा समूहगत छलफल गरिएको थियो। उक्त छलफलमार्फत तातो हावा (लु) का बेला अपनाउन सकिने सावधानी, सामुदायिक स्तरमा गर्नुपर्ने तयारी तथा जनचेतना अभिवृद्धि गर्ने उपायहरूबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।

आइतबारको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय परियोजना संयोजक पल्लवि सिंह, नगरपालिकाका विपद् फोकल पर्सन सुरज न्यौपाने, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा र स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले लु सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र तातो हावाको जोखिमलाई कम गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

आइतबार सम्पन्न कार्यशालामा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षता र सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको सञ्चालनमा भएको थियो।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, रेडक्रसका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा समाजसेवीहरुको उल्लेखनीय उपस्थिति थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर