कक्षा १२ पास गरेका विद्यार्थी लाई स्वदेशकै क्याम्पसमा पढ्न एमाले नेता भट्टराईले गरे अाग्रह
भैरहवा । नरेश के सी
कक्षा १२ पास गरेका विद्यार्थीहरुले नेपालकै क्याम्पस र कलेजमा पढ्नेगरि स्वयं विद्यार्थी र अविभावक लाग्नुपर्ने समय अाएकाे अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष खिमलाल भट्टराईले बताएका छन् ।
कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुकाे सम्मानमा अनेरास्ववियु सिद्धार्थनगर कमिटिले अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै एमालेका पाेलिटब्युराे सदस्य समेत रहेका भट्टराईले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु अबकाे क्याममपस तहकाे पढाइ नेपालकै क्याम्पसमा पढ्नुपर्नेमा जाेड दिएका हुन् ।
एमालेका प्रभावशालि नेता भट्टराईले अहिलेकाे युवा पुस्ताले अाफ्नाे व्यक्तिगत फाईदाकाेलागि विदेशका कलेजहरुमा भन्दा स्वदेशकै क्याम्पसहरुमा पढ्न सुझाएका छन् । उनले भने,” अब पढ्नकै लागि विदेश जाने हाेईन, नेपालमशे पढ्नु पर्छ ”
उनले वर्तमान सरकारले प्राविधिक, राेजगारमुलक र बैज्ञानिक शिक्षामा अग्रसर भईरहेकाे भन्दै प्रशंसा गरे ।
रास्ट्रिय सभाका पुर्व सदस्य समेत रहेका भट्टराईले अध्ययनकाेलागि विदेश जाने ट्रेन्ड परिवर्तन गर्न वर्तमान सरकार लागिरहेकाे समेत बताए ।
उनले देशमा केही पनि भएन भनेर निराशा फैलाउनेहरुकाे विरुद्ध पनि अाजकाे पुस्ता जाेगिनुपर्ने र समाजलाई जाेगाउनु पर्ने अवस्था रहेकाे बताए । भट्टराईले शैक्षिक परामर्श केन्द्रहरुले नेपाली विद्यार्थीहरु विदेश पठाउने मात्रै नभई विदेशिहरुलाई नेपालमा पढ्न अाउन प्रेरित गर्न पनि अाग्रह गरे ।
साे अवसरमा अनेरास्ववियु उपमहासचिव कमल जाेशिले अखिलले अध्ययनशिल र जेहेन्दार विद्यार्थीलाई गरेकाे सम्मानले विद्यार्थीहरुमा थप अात्मविश्वास बढेर जाने विश्वास व्यक्त गरे ।साे कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा सिद्धार्थनगरका पुर्व मेयर हरि प्रसाद अधिकारिले समृद्ध नेपालकाेलागि अबकाे पुस्ता अनेरास्ववियुमा सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थिले विद्यार्थीहरु देशमै बसेर पढ्ने र देशमै केही गर्ने अठाेटका साथ अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा एमाले रुपन्देही जिल्ला कमिटि सदस्य तथा विद्यार्थी सहईन्चार्ज लक्ष्मि के सीले सर्घर्षबाट खारिएकाे अखिल जस्तै अबका विद्यार्थीहरु पनि खारिदै अगाडि बढ्नुपर्ने बताईन् ।
अनेरास्ववियु सिद्धार्थनगर कमिटिका अध्यक्ष के एल पान्डेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगरकाे उपमेयर उमा अधिकारी, अनेरास्ववियु केन्द्रीय खेलकुद विभाग प्रमुख सागर न्याैपाने, एमाले नगर कमिटि अध्यक्ष तथा अखिलका पुर्व केन्द्रीय सदस्य चक्र थापा, अनेरास्ववियु प्रदेश उपाध्यक्ष सराेज ठकुरि, शैक्षिक परामर्शकर्ता गाेविन्द अधिकारी, अनेरास्ववियु जिल्ला अध्यक्ष अर्जुन गैरे लगायतले शुभकामना मन्तब्य राखेकाे अखिलका नेता कमल घिमिरले बताए । साे अवसरमा सिद्धार्थनगर क्षेत्रमा रहेका तथा सिद्धार्थनगरमा स्थायि बसाेबास भई अन्यत्र गई अधध्यन गरेका ७ सय छात्र छात््रालाई सम्मान गरिएकाे अखिल प्रदेश उपाध्यक्ष ठकुरिले बताए । अखिलले वसगत चार बर्षदेखि कक्षा १२ पास गरेका विद्यार्थिलाई सम्मान गर्दैअाएकाे छ ।
कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन अायाेगका सदस्य भरत कुमार पाेखरेल, सिनपा पुर्व उपमेयर उमा काफ्ले, एमाले जिल्ला सदस्यहरु थानेश्वर पाैडेल, श्री रायमाझि, कृष्ण मल्ल, अखिल केन्द्रीय सदस्य निरज अाचर्य, मनिषा केसि लगायतकाे अातिथ्यता रहेकाे थियाे ।



