spot_img

शुद्धोधनमा कराते बेल टेस्ट ग्रेडिङ सम्पन्न, ११० भन्दा बढी विद्यार्थीको सहभागिता

शुद्धोधनमा कराते बेल टेस्ट ग्रेडिङ सम्पन्न, ११० भन्दा बढी विद्यार्थीको सहभागिता

रवि राना -रुपन्देही, शुद्धोधन
जापान गिजुरियो कराते डो क्यानवाकाई नेपाल सङ रूपन्देहीद्वारा आयोजित कराते बेल टेस्ट ग्रेडिङ कार्यक्रम आज शुद्धोधन गाउँपालिका–४, फर्साटिकरस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रममा करिब ११० जना कराते विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथि शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले कराते खेललाई अनुशासन, आत्म–संयम र मर्यादासँग जोडिएको खेलका रूपमा उल्लेख गर्दै, गाउँपालिकाले दशैं अगावै कराते खेलाडीहरूका लागि म्याट खरिद गरी खेल विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शुद्धोधनका कराते खेलाडीहरूले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पालिकाको नाम चिनाएकोमा गर्व प्रकट गर्दै निरन्तर प्रोत्साहनका लागि पालिका र वडा तत्पर रहने आश्वासन दिनुभयो।

त्यस्तै, सङ्की रूपन्देही जिल्ला अध्यक्ष एमकुमारी थापाले कराते खेलले शारीरिक–मानसिक सशक्तिकरणसँगै युवामा नेतृत्व क्षमता र आत्मविश्वास विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले यस किसिमका बेल टेस्ट तथा ग्रेडिङ कार्यक्रमहरू विद्यार्थीको सीप र क्षमतालाई अझ प्राविधिक ढंगले निखार्ने अवसर भएको उल्लेख गर्दै, कराते खेललाई विद्यालयदेखि समुदायसम्म विस्तार गर्न संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, अभिभावक, प्रशिक्षक तथा स्थानीय विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी विद्यालय तथा क्लबहरूमा लिटल फ्लावर इङ्लिस स्कुल, रोजबर्ड एकेडेमी, जनता मावि अमुवा, सिद्धार्थ मोडल स्कुल, फर्साटिकर मावि, दुर्गा शैक्षिक गृह, शान्ति नमुना मावि मणिग्राम, सुपौली कराते क्लब, ज्ञानपुञ्ज विद्या मन्दिर मानपकडी, शंकर मावि लगायत रहेका थिए।

कराते खेलले युवाहरूलाई अनुशासित, आत्मनिर्भर र शारीरिक–मानसिक रूपमा सबल बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। यस किसिमका बेल टेस्ट तथा ग्रेडिङ कार्यक्रमहरूले विद्यार्थीहरूमा थप उत्साह, लगनशीलता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर