रुपन्देहीको सैनामैना ले रुपन्देहीमा रहेका रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) मार्फत रगत र बिरामीले लिनुपर्दा सेवाशुल्क वापतको रकम नगरपालिकाले प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटी रुपन्देही र सैनामैना नगरपालिका बीच सम्झौता भएको छ ।
सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले नगरपालिकाले सुरुमा नगर भित्रका सबै जनता लाई निशुल्क रगत उपलब्ध गराउदै आएकोमा केही समय प्राविधिक कारण निरंतरता दिन नसकिएको र अब सैनामैना नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण नागरिकले निशुल्क रगत वल्र्ड बैंकमा पाउने बताउनु भयो ।
यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति रामचन्द्र उपाध्यायले वल्र्ड लिन आउदा नेपाली परिचयपत्र खुल्ने कागज पेस गरेमा निशुल्क रगत उपलब्ध हुने बताउदै मानवीय सेवामा सैनामैना नगरपालिकाले गरेको काम लाई धन्यवाद दिनु भयो ।
अब सैनामैना ठेगान भएका नागरिकले निशुल्क रगत पाउनेछ यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही उपमन्त्री दिनेश पन्थीले परिचयपत्र तत्काल नभएमा लाग्ने न्युनतम शुल्क तिरेर २४ घन्टा भित्र परिचयपत्र उपलब्ध गराएमा तिरेको शुल्क फिर्ता हुने बताउनु भयो ।अहिले नेपाल रेडक्रस सोसाइटी रुपन्देही र सैनामैना नगरपालिका बिच निशुल्क रगत उपलब्ध गराउने सम्झौता भएपछि सामाजिक सन्जालमा राम्रो काम सुरुवात भनिएको छ यो सम्झौता २०८३ असार मसान्तसम्म हुनेछ



