शुद्धोदन गाउँपालिकाको वार्षिक बजेट किताब विमोचन तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको २०८२/८३को वार्षिक बजेट किताब विमोचन तथा ८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, बजेट व्यवस्थापन, र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले विकास निर्माणलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बजेट व्यवस्थापन र विकास योजनाहरूमा सहकार्य आवश्यक रहेको बताउनुभयो।शुद्धोदन गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष केशव प्रसाद अधिकारीले गाउँपालिकाका विकास योजनाहरू प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। शुद्धोदन गाउपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले कानुन अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। वार्षिक समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी खर्च व्यवस्थापन, विकास निर्माणको प्राथमिकता, कानुनी प्रक्रियाको पालना, वडास्तरका प्रतिनिधिहरूको सक्रिय सहभागिता लगायत विषयमा छलफल भएको थियो।



