spot_img

गैरीखुट्टा सेवा समाज रूपन्देही” द्वारा तीज मिलन कार्यक्रम सम्पन्न।

✍️महेश घिमिरे (केदार )
“गैरीखुट्टा सेवा समाज रूपन्देही” द्वारा तीज मिलन कार्यक्रम सम्पन्न।
२०८२ साल श्रावण २४ गते, शनिबार —
गैरीखुट्टा सेवा समाजद्वारा आयोजित तीज मिलन कार्यक्रम सांस्कृतिक माहोलका साथ सम्पन्न भएको छ।
गैरीखुट्टा जन्म घर भई रूपन्देहीको आसपासका क्षेत्रमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने सम्पूर्ण चेलीबेटीहरूको उत्साहपूर्ण आत्मीय भेला नै यस कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो।
कार्यक्रमको अध्यक्षता सम्पर्क समाजका अध्यक्ष टिकाराम गौतमले गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले समाजले विगतमा सम्पन्न गरेका महत्वपूर्ण सामाजिक कार्यहरूको विवरण प्रस्तुत गर्दै आगामी दिनहरूमा कार्यान्वयन गर्न लागिएका नवीन योजना र लक्ष्यमाथि प्रकाश पार्नुभयो।
कार्यक्रमको प्रमुख अतिथि राधा देवी अर्यालले सम्पर्क समाजको निरन्तर सामाजिक योगदानप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि अझ उत्कृष्ट कार्य गर्दै समुदायको हितमा अघि बढ्न शुभकामना दिनुभयो।

कार्यक्रमको संचालन बद्री घिमिरेले जोशिलो र कलात्मक ढङ्गमा, मधुर संगीतको साथमा, उत्कृष्ट कार्यक्रम सञ्चालन गर्नुभयो। यसैबीच सम्पर्क समाजका आजीवन सदस्य राममणि अर्यालले आपसी सद्भाव, एकता र सहकार्यका लागि सम्पूर्ण घर–घरका सदस्यहरूलाई हातमा हात, साथमा साथ मिलाएर सहयोग गर्न हार्दिक अपिल गर्नुभयो। उहाँले सम्पर्क समाजको अभियानमा सबैलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

कार्यक्रम संयोजक सागर घिमिरेले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै, सम्पूर्ण सहयोगी हातहरूको साथमा यस कार्यक्रमलाई भव्य र सभ्य ढङ्गमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउनुभयो।

सांस्कृतिक प्रस्तुति, रमाइलो माहोल र मधुर संगीतले भरिपूर्ण यस कार्यक्रममा सहभागीहरूमा खुशी र उत्साहको विशेष माहोल सृजना भएको थियो। अन्ततः, आपसी मित्रता र सहकार्यको वातावरणमा कार्यक्रमको समापन गरियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर