spot_img

कक्षा १२ को परिक्षामा ३.८१ जीपीए सहित कञ्चन गाउँपालिका प्रथम हुने छात्रा शलिना क्षेत्रीलाई बुद्धदिप स्कुलद्धारा सम्मान

कक्षा १२ को परिक्षामा ३.८१ जीपीए सहित कञ्चन गाउँपालिका प्रथम हुने छात्रा शलिना क्षेत्रीलाई बुद्धदिप स्कुलद्धारा सम्मान

२०८२ साउन २३ शुक्रबार / गोबिन्द आचार्य / कञ्चन

रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं ५ बुद्धचोकमा सञ्चालित बुद्धदिप बोर्डिङ सेकेन्डरी स्कुलले कक्षा १२ को परिक्षामा ३.८१ जीपीए सहित कञ्चन गाउँपालिका प्रथम हुने छात्रा शलिना क्षेत्री लगाएत उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई शुभकामना तथा सम्मान सँगै विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. विष्णुनारायण श्रेष्ठको अध्यक्षता तथा बिधालयका संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त पौड्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा कञ्चन गाउँपालिकामै ३.८१ जीपीए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा शलिना क्षेत्रीलाई खादाले सम्मान तथा सम्मान पत्र सँगै नगद पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रममा बिधालयका संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त पौड्यालले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिदै सफल जीवनका लागि समयमै मिहिनेत गर्नुपर्ने बताउदै कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई संगै शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. विष्णुनारायण श्रेष्ठले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा कक्षा १२ मा अध्ययन अध्यापन गराउनुहुने सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालयको नतिजा सुधार गर्नको लागि विद्यालय व्यवस्थापन समिति पनि कुशल ब्यवस्थपानका साथ लागी रहेको हुनाले उहाँले आउँदा दिनहरुमा विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउने आशा एवं विश्वास रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखनाथ पौड्यालले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो विद्यालयले उत्कृष्ट नतिजा ल्याएकोमा जति खुसी छौँ, त्यति नै यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको भन्दै उहाँले निरन्तर सफल बनाउन सबैको योगदान उत्तिकै रहने बताउनु भयो । विद्यालयले उत्कृष्ट पठनपाठनका साथ साथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । साथै हालसालै प्रकाशन भएको एसईई परिक्षामा आफ्नो बिधालयले ४ जीपीए सहित नेपाल प्रथम भएको स्मरण गर्दै सम्पूर्ण विधार्थीहरुलाई यस बिधालयले दिएको नतिजालाई कति पनि कमि नगरी त्यसलाई निरन्तर दिन आग्रह गर्नुभयो ।
शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा ३.८१ जिपिए सहित पालिका प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी शलिना क्षेत्रीले आफ्नो अनुभूति सहित विद्यार्थी भाइबहिनीहरुलाई हौसला र प्रेरणा प्रदान गरेकी थिईन ।
विद्यालयका प्रधानाध्यापक लेखनाथ पौड्यालको स्वागत सँगै शुभकामनाबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा ११ र १२ का कोर्डिनेटर एवं सहायक प्रधानाध्यापक देवीराम पौड्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । साथै कक्षा १२ मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयको सभाहल कञ्चन ५ बुद्धचोक रुपन्देहीमा सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर