युएईमा चेलिबेटीलाई माइतिकाे झल्काे : सैनामैना समाजले गर्याे बृहत् तिज कार्यक्रम !
५अगस्ट / युएई
सुरेन्द्र परियार !
सैनामैना सेवा समाज युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेकाे छ ।
असाहय एबं बिपन्न बिधार्थीहरूकाे शैक्षिक बिकाशका लागि अक्षयकोष स्थापनाका लागि समाजले अाइतबार भव्य तिज कार्यक्रम सम्पन्न गरेकाे हाे ।
दुबइकाे बरदुबइमा भएकाे साे कार्यक्रममा नेपाली माैलिक तिज गित गुन्जिएपछि सारी मा सझिएका चेलिहरूकाे मुहारमा उत्साह देखिन्थ्याे, जुलाइ अगस्टकाे गर्मिकाे प्रवाह नगरी छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए, परदेशमा घरदेशकाे झल्काे दिनेगरी, सैनामैना सेवा समाज युएईले भव्य कार्यक्रम गरेकाे सहभागीले बताए ।
कार्यक्रममा चर्चित लाेक गायक खुमन अधिकारीले माैलिक तिजकाे एक टुक्का गाउनासाथ खचाखच भरिएकाे हल एकाएक, गुन्जियाे । परदेशमा रहेका चेलिबेटी दिदिबहिनीहरू माइतिकाे सम्झनामा रमाइरहे !
कामकाे शिलशिलामा युएईमा रहेका अाएकी नेपाली दिदिबहिनी हरू खुसि मात्रै थिइनन्, ताकि तिजमा सैनामैना समाजले माइतिघरकाे झल्काे मेटिदिएकाे बताए ! तिज पर्ब चेलिबेटीकाे बिशेष भएरपनि हाेला, खचाखच भरिएकाे हलमा असिन पसिन बन्दै नाचिरहेका चेलिबेटीहरूमा राैनकता थियाे, मुहार हसिलाे थियाे ।
तिज कार्यक्रममा सहभागी दर्शकहरूलाइ नेपालबाट अामन्त्रित कलाकारहरू लाेक गायक खुमन अधिकारी र गायिका मंजु भट्टराईले भरपुर मनाेरंजन दिए ! तिजकाे झल्काे मेटिनेगरी खुमन अधिकारिकाे माैलिक गितमा दर्शक झुमिरहे ।
परदेशकाे कामकाे थकानपनि कलाकारकाे प्रस्तुतिले दर्शकलाइ राहात् दिएकाे अनुभुती देखिन्थ्याे ।
साे कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु प्रसाद पन्थिकाे अध्यक्षता एबं गैर अावशीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का काेषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाकाे प्रमुख अातिथ्यतामा भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि ढुंगानाले, सैनामैना समाजले परदेशका दिदिबहिनीहरूलाइ घर गाउकाे याद मेटाउने गरि कार्यक्रम गरेकाेमा प्रशंसा गरे । उनले भने, `राेजगारीका लागि हामी बिदेशमा छाै, अाफ्नाे कला र संस्कृतिकाे प्रबर्द्धन गर्न सैनामैनाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ, ´ , पछिल्लो समयमा, समाजले विभिन्न अबशर पारी सामाजिक कामहरू मा सकृय भइरहेकाे छ,- उनले भने ।
ढू्ंगानाले, अाफ्नाे कला र संस्कृतिलाई भुल्न नहुने बताउदै हामी रहेकाे देशकाे कानुन र यहाकाे रहनसहनमा समेत ध्यान दिन अाग्रह गरे । युएई, राेजगारीकाे सुरक्षित गन्तव्य मुलुक हाे, उनले भने, ` यहाकाे कानुनि व्यबस्था र युएई सरकारकाे नियमहरू समेत मान्नुपर्छ´ ।
ढुंगानाले, एनअारएनए, नेपालीहरूकाे साझा संस्था भएकाे बताउदै, नेपालीहरूकाे दुखमा साथमा रहने उल्लेख गरे ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम माेक्तान्, एनअारएनए एनसीसी युएईका अध्यक्ष बिकाश शाहि लगायतले बाेल्दै, सैनामैना सेवा समाजले गरिरहेकाे सामाजिक कामलाइ निरन्तरता दिन अाग्रह गरे ।
उनिहरूले, कुनैपनि नेपालीहरूकाे समस्यामा समाजसंग समन्वय गरी अघि बढ्न सकिने बताए ।
साे अबशरमा बाेल्दै कार्यक्रम संयाेजक युबराज भट्टराईले, सैनामैना समाजले सबै पदाधिकारीहरूकाे सकृयतामा भव्य कार्यक्रम गर्न सफल भएकाे उल्लेख गरे । संयाेजक भट्टराईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
संस्थाका अध्यक्ष पन्थीले बाेल्दै, सैनामैना सेवा समाजले, छाेटाे समयमा धेरै मानवीय र सामाजिक कामहरू गरेकाे बारेमा चर्चा गरे । उनले भने, ` युएइमा छाेटाे समयमा सबैकाे साथले सामाजिक काममा सैनामैना सेवा समाज अग्रसर भएर अघि बढेकाे छ ! संस्थाले अायाेजनन गर्ने हरेक कार्यक्रमबाट सामाजिक पराेपकारी काम गर्दै अाएकाे उल्लेख गर्दै उनले थपे , ` याे तिज कार्यक्रमबाट संकलित रकमबाट बिपन्न बिधार्थिहरूका लागि अक्षयकोष बनाउछाै ´!
साेहि अबशरमा, विभिन्न समयमा संस्थालाई याेगदान गरेका पदाधिकारीहरू , संरक्षक तथा कार्यक्रम संयाेजक युबराज भट्टराई , बरिष्ठ उपाध्यक्ष केशव भट्टराई , केन्द्रीय सदस्य कमला पाण्डे , सल्लाहकार ज्ञान्देब घिमिरे तथा कार्यक्रममा सहयोग गर्ने सहयाेगीलाइ समेत दाेसल्ला तथा प्रशंसा पत्र सहित सम्मान गरिएकाे थियाे ।
वर दुबई स्थित क्लब एभरेस्टमा भएकाे साे कार्यक्रममा नेपाली समाज मा अाबद्द ६४ बढि संस्थाका प्रतिनिधि सहित ६०० बढि दर्शकहरूकाे उपस्थिति थियाे । उपस्थित दर्शकहरूलाइ सांस्कृतिक मनाेरंजन संगै नेपाली माैलिक परिकारहरू समेत व्यबस्था गरिएकाे थियाे ।
कार्यक्रममा, युएईमा रहेका प्रतिभावान् कलाकारहरू बिरेन बिसि, बिरू अाेली, सुस्मिता रेग्मि, नेप्लिज डान्स ग्रुपकाे प्रस्तुतिले राैनक थपेकाे थियाे !
कार्यक्रम संस्थाकि महिला सचिब सुस्मा सुनारकाे स्वागत तथा महासचिव सुरेन्द्र परियारकाे संचालनमा सम्पन्न भएकाे हाे ।
सैनामैना सेवा समाजले अघिल्ला बर्षहरूमा पनि तिज कार्यक्रम मार्फत संकलित रकम मार्फत सैनामैनाका सामुदायिक बिधालयमा ३ लाख बराबरकाे अक्षयकोष स्थापना गरिसकेकाे छ।



