spot_img

पाल्पा ३शिद्धबाबा मन्दिर  नजिकै पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध

अविरल वर्षाका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तीनाउ गाउँपालिका ३शिद्धबाबा मन्दिर  नजिकै पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध बनेको छ।

इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको जनाइएको छ।

पहिरो पन्छाउन डोजरले जाेखिमपूर्ण रहेकाे र ठूला चट्टानहरू खसिरहेकाे भनेर जान नमानेकाेले कतिबेला सडक खुल्ने एकिन नभएकाे प्रहरीले जनाएकाे छ ।

सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखी अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो।

यस क्षेत्रमा वर्षाकाे समयमा निकै लामाे समय पहिलेदेखी नै पहिराे जाने कारणले गर्दा दुर्घटनाहरु बढेसंगै सरकारले सुरुङमार्ग निर्माण गरेकाे छ । सुरुङकाे ब्रेक थ्रु भइसकेकाे छ भने लाइनिङकाे कामहरु भइरहेकाे छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर