spot_img

रुपन्देहीको सियारिमा मोटरसाइकल दुर्घटना बुबाको मृत्यु छोरा गम्भीर घाइते

रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन्।

मोटरसाइकल चालक तथा उनका छोरा विनोद धवल (उमेर करिब ३०–३२ वर्ष) गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर