spot_img

सैनामैना तातोहावाको् लहर लूः को प्रतिकार्यमा नेपाल रेडक्रस सोसाईटीको कार्यक्रम अन्तर्गत चिसो पानी, सर्बत पानी र जीबनजल पानी बितरण

सैनामैना तातोहावाको् लहर लूः को प्रतिकार्यमा नेपाल रेडक्रस सोसाईटीको कार्यक्रम अन्तर्गत चिसो पानी, सर्बत पानी र जीबनजल पानी बितरण कार्यक्रम एक नौलो अभ्यास सम्पन्न भएको छ ।

सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रस को सहकार्यमा सञ्चालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रबद्र्धन परियोजना Heat & Health Initiatives कार्यक्रमबाट शुक्रबार सहिद नारायण पोख्रेल रामापुर क्याम्पसले आयोजना गरेको उद्यमी–शिक्षा संगम २०८२ कार्यक्रममा तातोहावाको कारण उत्पन्न लूः को जोखिम न्युनिकरणका लागि चिसोपानी, जीवनजलपानी र सर्वत पानी वितरण गरिएको हो । शुक्रबार सहिद नारायण पोख्रेल रामापुर क्याम्पसले सैनामैना उद्यमी–शिक्षा संगम २०८२ कार्यक्रम आयोजना गरेको थियो । जसमा सहभागि हुने सम्पूर्ण अतिथि, विद्यार्थी तथा सर्वसाधारणहरूलाई लक्षित गरी रेडक्रस सोसाइटीले तातो हावाको लहर लूः सम्बन्धी जानकारीमूलक सामग्रीसहितको पोष्टर पम्पलेत र माईकिगं सहित निःशुल्क चिसोपानी, जीबनजल पानी र चिसो पानी वितरण गरिएको आयोजकले जनायको छ ।
कार्यक्रमको आयोजना शहरी पुर्वतयारी तथा आपतकालीन प्रतिक्रिया प्रवद्र्धन परियोजना अन्तर्गत गरिएको हो, जसले Heat & Health Initiatives मार्फत समुदायमा तातोहाको लहर लूः बाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणमा योगदान पु¥याउँदै आएको छ ।
यस किसिमको कार्यक्रमले तातो हावाका ेलहर लूः चलेको समयमा तत्काल प्रतिकार्य गरि दैनिकी सहजीकरण गर्ने उदेश्यका साथ सेवामुलक कार्य गरिएको जनाईको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर