spot_img

रुपन्देहीको लौसामा साउन ८ गतेदेखि २२ गतेसम्म दोस्रो लौसा तीज विशेष कार्यक्रम हुने

रुपन्देहीको लौसामा साउन ८ गतेदेखि २२ गतेसम्म दोस्रो लौसा तीज विशेष कार्यक्रम हुने

उज्यालो लौसा समृद्ध लौसा भन्ने मूल नाराका साथ यही साउन ८ गतेदेखि २२ गतेसम्म लौसा दोस्रो तीज विषेश कार्यक्रम रुपन्देहीको कञ्चन गाउँपालिका लौसामा हुने भएको छ ।
दोस्रो लौसा विषेश सास्कृतिक कार्यक्रम २०८२ लाई सभ्य र भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सक्रियता साथ अगाडि बढिरहेको कार्यक्रमका अध्यक्ष प्रकाश कार्कीले जानकारी गराउनु भयो ।
यस विषेश सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरु दुर्गेश थापा, ज्योति मगर, राजु परियार, खेम सेञ्चुरी, पशुपति शर्मा, खुमन अधिकारी, एलिना चौहान, प्रीति आले, श्याम राना, समीक्षा अधिकारी, प्रकाश दुतराज, अर्जुन सापकोटा, लगायत उपस्थिति र प्रस्तुती रहने आयोजकले जानकारी गराउनु भयो । यसै गरी सांस्कृतिक कार्यक्रमको संयोजकमा विकाश भट्टराई सचिवमा दिनेश घिमिरे साउण्ड व्यवस्थापनमा न्यू एम के साउण्ड सिस्टम रोहिणी र संरक्षकमा कञ्चन गाउँपलिका रहेको छ । यही साउन ८ गते दिउसो ३ बजे कञ्चन गाउँपलिकाका अध्यक्ष नवराज ढकालले कार्यक्रमको समउद्घाटन गर्नुहुने छ भने सांस्कृतिक कार्यक्रमबाट बचेको रकम लौसा क्षेत्रमा बिद्युतकरण विस्तारमा प्रयोग गर्ने आयोजकले जनाएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा अवस्थित लौसा नेपालको एक पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । यहाँ प्राकृतिक रुपमा निर्मित दानापुर ताल रहेको छ ।

 

 

 

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर