spot_img

कञ्चनमा ७० शिक्षक सम्मानित

कञ्चनमा ७० शिक्षक सम्मानित

०२ साउन २०८२, शुक्रबार

गोविन्द आचार्य / कञ्चन।

रुपन्देहीको कञ्चन गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान दिने सामुदायिक तथा सस्थागत बिधालयका ७० जना शिक्षकहरूलाई सम्मान गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चनका सचिव मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चनका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले यस सम्मानले शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूमा थप उत्साह बढाउने र शैक्षिक नतिजा सुधारमा अझ बढी योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, कञ्चन गाँउपालिका वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारु, कञ्चन गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, कञ्चन गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास संयोजक चित्रलाल तुलाचन, नेपाल शिक्षक महासंघ कञ्चनका अध्यक्ष प्रकाश आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सम्पूर्ण विद्यालयका प्र.अ. तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका उपाध्यक्ष यम बहादुर कार्कीको स्वागत तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चनका सचिव मेघनाथ पौडेलको संचालनमा कञ्चन १ बेलभरियामा सञ्चालित प्रगती नमुना माध्यमिक बिधालयमा कार्यक्रम सम्पन्न भएको छ ।
यस वर्ष कञ्चन गाउँपालिकाको एसइई नतिजामा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ ।

असार १४ गते सार्वजनिक भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । गत वर्ष ४७ दशमलव ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकामा अहिले त्यो संख्या बढेर ६१ दशमलव ८१ पुगेको हो । यसअनुसार गत वर्षभन्दा अहिले १३ दशमलव ९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर