spot_img

रुपन्देही जिल्ला अदालतले ६४ प्रतिशत मुद्धा फर्छ्यौट

रुपन्देही जिल्ला अदालतले ६४ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । जिल्ला अदालतले बिगतका बर्षहरुको तुलनामा मुद्धा फर्छ्यौटमा बृद्धि गरेको हो ।

आर्थिक बर्ष २०८०/०८१ मा ५५ प्रतिशत मुद्धा फर्छ्यौट गर्न सफल भएको रुपन्देही जिल्ला अदालतले आर्थिक बर्ष ०८१/०८२ मा ६४ प्रतिशत फर्छ्यौट गरेको जनाएको छ ।

अघिल्लो आर्थिक बर्षमा दर्ता भएर फर्छ्यौट हुन नसकि जिम्मेवारी सरेर आएका ४ हजार ८१ थान र नयां दर्ता भएका ४ हजार ९६० गरी ९ हजार ४१ मुद्धामध्ये ५ हजार ७ सय ९५ मुद्धा फर्छ्यौट भएको जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायधिश असोककुमार बस्नेतले जानकारी दिनुभयो ।

रुपन्देही अदालतमा फर्छ्यौट हुन बाँकी रहेका ३ हजार २४३ मुद्धा मध्ये २ बर्ष नाघेका मुद्धा ९ बटा मात्र रहेका छन् । दुई बर्ष नाघेका मुद्धा कम हुनु अदालतका लागि राम्रो मान्ने गरिन्छ ।

१८ महिनादेखि २ बर्ष भित्रका मुद्धा १५५ वटा र १८ महिना भित्रका मुद्धा ३ हजार ८२ बटा रहेका छन् ।

रुपन्देही जिल्ला अदालतबाट आर्थिक बर्ष २०८०÷०८१ बाट जिम्मेवारी सरेर आएका ४ हजार शुरु मुद्धा मध्ये ३ हजार ३९४ मुद्धा फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएका ४ हजार ८५३ मध्ये २ हजार २९१ मुद्धा फर्छ्यौट भएका छन् । त्यसैगरी अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ५ बटा पुनरावेदन मध्ये ५ बटै फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएका १२ बटा मध्ये ५ बटा फर्छ्यौट भएका छन् । यता अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ५२ वटा रिट मध्ये ४६ बटा फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएर आएका ९४ बटा मध्ये ५३ बटा फर्छ्यौट भएका छन् ।

१६२ बटा बालबालिका सम्बन्धी मुद्धामध्ये १२१ वटा मुद्धा फर्छ्यौट भएको अदालतले जनाएको छ । रुपन्देही अदालतले ४ हजार ८७३ जना मध्ये १ हजार ३७५ जनालाई कैद सजाए सुनाएको छ भने १ अर्ब २ करोड १० लाख ७१ हजार ६०७ रुपैया जरिवान उठाउनु पर्नेमा ७ करोड ९७ लाख ९१ हजार १५३ रुपैया जरिवाना उठाएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायधिश बस्नेतले न्यायधिशको अनुपातमा अदालतका आबश्यक जनशक्तिको कमिका कारण पनि चाहे अनुरुपको न्याय सम्पादन हुन नसकेको बताउनु भयो । उहाँले एक जना न्यायधिशका लागि ९ जना कर्मचारी आबश्यक पर्ने बताउनु भयो । बिगतमा ६ जना न्यायधिशका लागि आबश्यक कर्मचारीले अहिले १० जना न्यायधिश हुँदासम्म काम गर्नु पर्नेको बताउनु भयो । प्रयाप्त जनशत्ति र आबश्यक पुर्वाधार व्यवस्थापन हुन सके न्याय सम्पादन अझै प्रभावकारी रुपमा अगाडि बढाउन सकिने उहाँको भनाई छ ।

कानुन व्यावसायि सुनिल क्रिपाठीले रुपन्देही जिल्ला अदालतले न्याय सम्पादनलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताउनु भयो । उहाँले छोटो समयमा मुद्धाको किनारा लगाउनु राम्रो संकेत भएपनि छोटा न्याय सम्पादन गर्ने नाममा कोहिपनि अन्यायमा पर्न नहुने बताउनु भयो ।अदालतमा दर्ता हुने कतिपय जटिल प्रकृतिका मुद्धा भएका कारणले पनि समयमै न्याय सम्पादनमा समस्या आउने गरेपनि सबैको टिमवर्कमा कामले गति लिएको अदालतले जनाएको छ । अदालतले भनेजस्तै आम नागरिकले पनि समयमै न्याय पाएको आभास पाउने सके न्यायलय प्रतिको बिश्वास झनै बढेर जाने छ । यसतर्फ सबैको चासो जान जरुरी छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर