spot_img

कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट बालिकाको मृत्यु

साउन– कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका– २ मा सर्पको डसाइबाट स्थानीय झगरु पासवानकी १४ महिनाकी छोरी सङ्गीता पासवानको सर्पको डसाइबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । उपचारका लागि बहादुरगन्ज अस्पताल लगिएकी उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर