spot_img

कन्चनमा जिम उद्घाटन संगै रुद्रपुर सामुदायिक वनद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान

रुद्रपुर सामुदायिक वनद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान तथा खुला जिम उद्घाटन

रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह कन्चन ४ गरगरेले सोमबार विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ३.६१ जिपिए भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई जिपिएका आधारमा जनही १५ हजार १० हजार र ५ हजार नगदसहित सम्मान गरिएको छ ।

कन्चन गाउपालिका भित्र रहेका सामुदायिक र सस्थागत विद्यालयका करिव २४ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको सामुदायिक वनका अध्यक्ष हिमाल थापाले जानकारी दिनुभयो । त्यसैगरी वन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरू तथा आमा समूहहरूलाई आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको थियो । सोहि अवसरमा कार्यालय परिसर, देउराली वाटिका र चिसापानी खुला जिमको समेत समुद्घाटन गरिएको छ ।

कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर लगायतले बोल्दै सामुदायिक वनको सकारात्मक योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र महिला सशक्तिकरणमा वन उपभोक्ता समूहले खेलेको भूमिकालाई सराहना गर्दै आगामी दिनमा समेत यस्ता कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमले सामुदायिक वनले शिक्षा तथा समुदाय विकासमा समेत सक्रिय भुमिका खेलेको स्पष्ट देखाएको छ ।

रुद्रपुर सामुदायिक वनका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, विशिष्ट अतिथि उपाध्यक्ष मौसमी थापा, वडा न. ४ अध्यक्ष केशर बहादुर क्षेत्री, प्रवक्ता चित्र लाल तुलाचन, पुर्व अध्यक्ष किष्ण प्रसाद अधिकारी, पुर्व बनका अध्यक्ष प्रेम पोखरेल भैसाहि मा वि का अध्यक्ष बुद्द दिप इङ्गलिस बोडिङ्ग स्कुलका प्रअ लेखनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत वनका उपाध्यक्ष लालुमाया पुन र सचिव श्रीप्रसाद पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर