spot_img

रुपन्देहीको सियारी गाउँपालिकाका ४७६ जनालाई बिहीबार जग्गाधनी प्रमाणपूर्जा वितरण

रुपन्देहीको सियारी गाउँपालिकाका ४७६ जनालाई बिहीबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।

विगत लामो समयदेखि बसोबास गर्दै आए पनि आफ्नो स्वामीत्व नभएका वडा नम्बर १, २, ३, ४ र ५ का स्थानीयलाई भूमि आयोग र गाउँ ब्लकको गरी ४७६ जनालाई लालपूर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । नापी कार्यालय रुपन्देही तथा भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति रुपन्देही तथा सियारी गाउँपालिकाको संयुक्त आयोजनामा लालपूर्जा वितरण गरिएको घिमिरेले बताउनुभयो ।

images
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्ने सरकारको लक्ष्यअनुरुप लालपूर्जा वितरण गरिएकोमा प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले कञ्चन गाउँपालिकाबाट सुरु भएको अभियान सियारी हुँदै रुपन्देहीका अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले आगामी दिनमा रुपन्देहीका अन्य क्षेत्रमा पनि क्रमशः पूर्जा वितरण गर्ने योजना रहेको बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईं तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले स्थानीय प्रेम बहादुर दर्जीलाई पूर्जा हस्तान्तरण गरेर लालपूर्जा वितरण कार्य प्रारम्भ गर्नुभएको थियो । पूर्जा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै दर्जीले वर्षौको आफ्नो सपना पूरा भएको भन्दै लालपूर्जा वितरण अभियानलाई दिगो रुपमा अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु लगायतले पालिकाको समग्र वस्तुस्थितिबारे जानकारी गराउँदै भनाइ राख्नुभएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर