spot_img

पाल्पा दोभान सिद्धबाबा मन्दिर नजिकै पहिरो परि श्रीमान को मृत्यु श्रीमती घाइते

पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटर तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर