spot_img

कञ्चनमा सञ्चालित भैसाही पिपरी चापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

भैसाही पिपरी चापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न
रूपन्देहीको कञ्चनमा सञ्चालित भैसाही पिपरी चापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रुमबहादुर पुनको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा यमकुमारी पसन, सचिवमा हिरालाल विश्वकर्मा, कोषाध्यक्षमा शर्मिला अधिकारी खरेल र सहसचिवमा चेलीका भुजेल निर्वाचित भएका छन् यसैगरी सदस्यहरूमा लक्ष्मी घिमिरे, कपिलकुमार पुन, दिलाराम घिमिरे, शिवलाल सुनार, बलाराम गैरे, बिमला गैरे, रन्जित टोमाटा, जानकी थारु र सालिकराम पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद थापाले जानकारी दिनुभएको छ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सहित शुभकामना दिँदै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले स्वच्छ पिउने पानी प्राप्त गर्नु आम नागरिकको अधिकार भएको उल्लेख गर्नुभयो। मन्त्री ढकालले प्रदेश सरकारले आम नागरिकलाई स्वच्छ पिउने पानीको ग्यारेन्टीका लागि प्रदेशको नीति र योजनाअनुसार विभिन्न स्थानहरूमा खानेपानी योजना सञ्चालन भइरहेको बताउँदै कुनै पनि गरिब तथा बिपन्न परिवारहरुले खानेपानी बाट वञ्चित हुन नपरोस् भन्दै त्यस्ता परिवारहरुलाई निःशुल्क रुपमा खानेपानी वितरण गर्नुपर्ने योजना लुम्बिनी प्रदेश तथा जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँग समन्वय गरेर अगाडि बढाउन आग्रह गर्नुभयो।
यस्तै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलका कार्यालय प्रमुख राजकुमार चौधरीले भैसही लगायत कञ्चनका विभिन्न खानेपानी योजनाहरू क्रमिक रुपमा सम्पन्न हुँदै गइरहेको उल्लेख गर्दै उपभोक्ताहरूको माग र योजनाको क्षमता अनुसार हरेक कञ्चनबासीको घरघरमा सुरक्षित र स्वच्छ पिउनेपानी वितरण गर्ने कार्यमा कञ्चनका सबै खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरूको सक्रियता सहनायोग्य भएको बताउनु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ती, वडा नं ५ का वडा सदस्य मिना बिक, नेपाली कांग्रेसका सभापती देवीराम रेग्मी, नेकपा एमालेका भानुभक्त भण्डारी, नेकपा माओवादी केन्द्रका नवल सिंह कुँवर, रास्वपाका प्रेमचन्द्र पोखरेल, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक रेणुका थापा, स्थानीय अगुवा महिला गौरी थापा, गौतमबुद्ध सामुदायिक विकास केन्द्रका कमल परियार लगायतले शुभकामना दिँदै यस क्षेत्रमा सञ्चालन भएको योजनाबाट उपभोक्ताहरूले सफा र स्वच्छ पिउनेपानी पुर्‍याउन प्राविधिक रुपमा राम्रो बनाउन आग्रह गरेका थिए।
भैँसाही पिपरी चापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कञ्चन पिपरी चापा रुपन्देहीका अध्यक्ष मुक्तिराम बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिनाराम खड्काको स्वागत र हेमा बेलबासेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम भैसाही पिपरी चापा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्राङ्गणमा भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर