गैडहवा गाउँपालिका सन्चालित सूर्यपूरा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न
रुपन्देहीको गैडहवा गाउँपालिका -६ सूर्यपुरा स्थित सूर्यपूरा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा शनिबार सम्पन्न भएकोछ ।कार्यक्रम का प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले एक कार्यक्रमका बीच क्याम्पस सभाको उद्वाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुरेन्द्र पौडेलले क्याम्पस सन्चालनमा सहयोग गर्ने क्याम्पस सदस्य धन्यवाद दिदै क्याम्पस जस्तो पवित्र ठाउँमा राजनीति नगरी एक मात्रै क्याम्पसको भविस्य बनाउन सबै राजनीतिक दल संस्था लाग्नुपर्ने समय आएको र आफुले जुनसुकै सहयोग गर्न तयार रहेको बताउदै सूर्यपुरा बहुमुखी क्याम्पसलाई अगाडि बढाउन गाउँपालिकाले शुरुदेखी नै सहयोग अनुदान दिइरहेको र निरन्तर दिइरहने बताउनु भयो उहाँले अहिले दुई करोड भन्दा धेरै बजेट क्याम्पसको भौतिक लगाएत धेरै काम गर्न ब्यबस्थापन गरिएको र अब भदौ सम्म नयाँ भवन संचालनमा आउने बताउनु भयो ।
कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई आजिवन सदस्यको प्रमाणपत्रहरु वितरण गरिएको थियो भने क्याम्पसमा बिद्यार्थी हरुलाई समेत खादार माया को चिनो ले सम्मान गरिएको थियोे ।
कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष तिलक रिजालको अध्यक्षता तथा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
क्याम्पस प्रमुख कैलाश यादवबाट क्याम्पस प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण को सल्लाह सुझावले क्याम्पस अगाडि बढने बताउनु भयो कार्यक्रममा गैडहवा गाउँपालिका पूर्व अध्यक्ष बच्चुलाल केवट ,गैडहवा गाउँपालिका वार्ड नम्बर – १ का अध्यक्ष प्रदीप चौधरी ,वार्ड नम्बर -५ का अध्यक्ष विजय शर्मा ,क्याम्पस सल्लाहकार सदस्य रामदेव यादव ,सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पस प्रमुख हेम बहादुर थापा ,हसनापुर माविका प्रधानाध्यापक रमेश नाउ र रास्टिय बाणिज्य बैंक सूर्यपुरा शाखाका प्रबन्धक लगायतले शुभकामना दिदै क्याम्पस लाई आवश्यक अनुसार आफुहरुले सहयोग गर्ने बताउनु भएको थियोे ।
सुर्यपुरा बहुमुखी क्याम्पस गैडहवा गाउपालिकाको एक मात्र जनस्तर बाट संचालित गैरनाफामुखी सामुदायिक क्याम्पस हो । यो क्याम्पस लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको गैडहवा गाउपालिका वडा न. ६ सूर्यपूरा बजारमा अवस्थित छ । यो ठाउ लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल देखि ३० कि.मि. पश्चिम दक्षिण, गौतम बुद्ध अन्तरास्ट्रिय बिमान स्थलबाट २५ कि.मि. उत्तर पश्चिम र भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट १५ कि.मि. उत्तरमा अवस्थित रहेको छ । यस क्षेत्रमा मिश्रित समुदायको बस्ति रहेको छ, क्याम्पसको स्थापना २०६९ सालमा यस क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनैतिक व्यक्तित्वहरु लगायत आम जनसमुदायको अथक प्रयासबाट स्थापना भएको हो जसले उच्च शिक्षा अध्ययनको लागी शहर जानु पर्ने बध्याता लाइ अहिले विस्तारै समाधान गरेको छ । यस क्याम्पसमा व्यवस्थापन संकाय अन्तरगत बि. बि. एस. चार बर्षे कक्षाहरु सन्चालन रहेका छन | क्याम्पस स्थापनाको १० बर्षको इतिहासमा यस क्याम्पसले गरिब, पिछडाबर्ग, दलित, जनजाती, सीमान्तकृत, समुदायमा उच्चा शिक्षाको पहुचलाइ सहज बनाएको छ |
कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष रामचन्द्र यादवको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन मोर ध्वज सिंहले गर्नुभएको थियोे ।
|



