सैनामैना नगरपालिकाको स्थानिय आपतकालिन कार्यसंचालन केन्द्र सँचालनका साथै बिपद पुर्व तयारी स्वरुप सैनामैना नगरपालिकाका सबै वडाहरुमा बिपद सामाग्री हरु सोमबार नगरपालिका देखि वितरण गरिएको छ।
कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा उप प्रमुख बिना राना मगरले बिपत्ति जुनसुकै समयमा पनि आउन सक्ने हुदा वडा दिएका सामग्रीले सैनामैनामा समस्या परेको समयमा तुरुन्त उदार गर्न सकिनेर सबै मिलेर काम गर्नुपर्ने जोड दिदै बर्खाको समयमा डुबान लगाएत अन्य धेरै आपतकालीन अबस्थामा सहज तरिकाले उदारका काम गर्नु पर्ने बताउनु भयो।
सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी, र स्वीस रेडक्रसको सँयुक्त सहकार्य, सहलगानीमा सैनामैना नगरपालिकामा बिपद ब्यबस्थापनमा कार्य गर्न शहरी पुर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रबद्र्धन परियोजना कार्यनवयनमा रहेको छ । उक्त परियोजना र सैनामैना नगरपालिकाको सँयुक्त साझेदारीमा आज एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाको स्थानिय आपतकालिन कार्य सँचालन केन्द्रको औपचारिक रुपबाट सँचालनमा ल्याईएको छ । स्थानिय आपतकालिन कार्यसँचालन केन्द्रमा सँचालनका लागि आबश्यक पर्ने सामाग्रीहरुमा प्रिन्टर, डेस्कटप कम्युटर, टेलिफोन स्मार्ट टि भी प्रोजेक्टर सहितको व्यबस्थापन सामाग्री नगरपालिकामा उपलब्ध गराईएको छ । यसका साथै नगरपालिकामा अग्नी सामक यन्त्र, प्राथमिक उपचार सामाग्री, सुरक्षा हेल्मेट , काम गर्ने छालाको पन्जा गैटी, सब्बल, हथौडा स्टेचर सुरक्षा चस्मा, स्टील बाल्टी, बन्चरो हेडलाईट, काम्रो सेटहरु, सेफटी भेस्ट, रेनकोट सुरक्षा टेप, गमबुट, बेल्चा, खन्ती, हसिया, फायरबल, स्नेक रेस्क्यु टुल, हाते माईक, सिठी, घन, हेक्सा, ग्रीण्डर मेसिन, त्रिपाल, फायर ब्लार्केट डोरी लगायतका आधारभुत खोज तथा उद्धार सामाग्री हरु नगरपालिकाको आपतकालिन कार्य सँचालन केन्द्रमा रहने गरि खरिद गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको प्रत्येक वडाकार्यालयमा वर्षा को समय लगाएत अन्य समयमा आवश्यक पर्दा एक एक सेट आधारभुत खोज तथा उद्धार सामाग्री सहितको सेट जसमा ३० थरिका सामाग्रीहरु समाबेश गरिएको सेट आजै वडाकार्यालयहरुलाई हस्तान्तरण गरिएको छ संस्थाका सहज कर्ता डिल्लि राज जोशीले जानकारी दिनु भयो ।
बिपद सामाग्री हस्तान्तरण तथा स्थानिय आपतकालिन कार्यसँचालन केन्द्र समुद्घाटन कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम गरिएको थियो भने कार्यक्रममा सैनामैना नगर पालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, नगर उप प्रमुख बिना राना नगर बिपद सम्पर्क ब्यक्ति सुरज न्यौपाने नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पँगेनी, नेपाल रेडक्रस सोसाईटी रुपनदेही जिल्ला कार्यसमितीका उपमन्त्री दिनेश पन्थी सबै वडा कार्यालयका अध्यक्ष ज्यूहरु त्यसैगरि नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका बिपद ब्यबस्थापन अधिकृत तिर्थराज पाण्डेय जिल्ला परियोजना अधिकृत कृष्ण मल्ल, अधिकृत डिल्ली राज जोशी र नगरपालिकाका वडा अध्यक्ष सदस्य शाखा गत प्रमुख कर्मचारीहरुको लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हस्तान्तरण गर्दै बिपद ब्यबस्थापनको कार्यक्रम अन्तर्गत पुर्वतयारी स्वरुप स्थानिय आपतकालिन कार्यसँचालन केन्द्र स्थापना गरिएको तथा सामाग्री खरिद गरिएको यसमा शहरी पुर्वतयारी तथा आपतकालिन प्रतिकार्य परियोजनाको लागत साझेदारी रहेको बताउनु भयो कार्यलय अधिकृत कृष्ण मल्ल जानकारी दिनु भयो । आपनो भनाई राख्ने क्रममा वडा तथा नगरपालिकामा रहने सामाग्रीहरु प्रदर्शन तथा सबै सामाग्रीहरुबारे जानकारी समेत गराउनु भएको थियो ।
कार्यक्रमको सँचालन सैनामैना नगरपालिकाका बिपद सम्पर्क व्यक्ति सुरज न्यौपानेले सँचालन गर्नुभएको थियो ।



