रगत, रक्तदान,रक्तदाता सम्बन्धी खुल्ला कविता प्रतियोगिता सम्पन्न
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजना स्टडी वल्र्ड एजुकेशन कन्सलटेन्सिको प्रायोजनामा “रगत, रक्तदान, रक्तदाता उत्प्रेरण तथा रक्तदान बृद्धि” विषयक स्टडी वल्र्ड खुल्ला कविता प्रतियोगिता सिद्धार्थ कटेज रेष्टुरेन्ट बुटवलमा सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देहीका अध्यक्ष कृष्ण क्षेत्री चौहानको अध्यक्षता लुम्बिनी प्रदेशको उपसभामुख मेनुका खाणको प्रमुख आथित्यतामा सम्पन्न प्रतियोगितामा रुपन्देही, पाल्पा र गुल्मीका विभिन्न पालिकाहरुबाट २२ समूहको सहभागिता रहेको थियो ।

कविता प्रतियोगितामा ममता कार्की प्रथम सागर के.सी. द्धितीय र चिरण बराल तृतीय र बशन्त न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश उपसभामुख मेनुका खाणले रगत, रक्तदान,रक्तदाता सम्बन्धी स्टडी वल्र्ड खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रमले रगत र रक्तदाताको महत्वबारे कविताको माध्यमबाट बृहत जनचेतना अभिबृद्धि गर्नमा सहयोग पु–याएको बताउदै लुम्बिनी प्रदेश सरकारले रगतको आवश्यकताको बखत बिमारीलाई निशुल्क रगत उपलब्ध गराउने प्रक्रियामा रहेको बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रशका जिल्ला शाखा मन्त्री टेक बहादुरु थापा,उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष टंक प्रसाद गैरे कार्यक्रमका अतिथि नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, हाम्रो लुम्बिनी खबर अनलाईनका सम्पादक पत्रकार दिनेश धिमिरे पत्रकार इन्द्रिरा अर्याल डाक्टर सन्तोष पोख्रेल लगायतले रगत, रक्तदान,रक्तदाता कविता प्रतियोगिता कार्यक्रम एवं रगतको महत्वबारेमा भनाई राख्दै स्टडी वल्र्ड एजुकेशन कन्सलटेन्सिको लाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव प्रशन श्रेष्ठले ले गर्नु भएको कार्यक्रमको सन्चालन मानवअधिकार शान्ती समाजका अध्यक्ष अर्जुन ज्ञवालिको सन्चालन मा कार्यक्रम सम्पन्न भएको हो ।




