सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रस बाट सयुक्त सहकार्य सहलगानीमा संचालित शहरी पुर्ब तयारी तथा आपतकालिन प्रतिकार्य प्रबर्धन परियोजना अन्तर्गत कार्यक्रम बाट नगरस्तरिय स्वयंसेवक ब्युरोलाई सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आज सैनामैनामा सम्पन्न भएको छ ।
कार्यक्रममाको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाका मन्त्री टेक बहादुर थापा ले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा ले गर्नु भएको थियो भने बिशिष्ट अतिथि सैनामैना नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत जीबन ज्ञवाली र नेपाल रेडक्रस सोसाईटी लुम्बीनी प्रदेश अध्यक्ष श्री लाल प्रसाद पंगेनी रहनु भएको थियो । त्यसै गरि बिपद सम्पर्क ब्यक्ति, नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला कार्य समितीका कोषध्यक्ष अर्जुन राज उपाध्याय, उपमन्त्री दिनेश पन्थी, सदस्यहरु साबित्री सोमरे र हेमा बेल्बासे सहित कर्मचारी र स्वयंसेबकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आफनो भनाई राख्दै प्रमुख अतिथी नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले यो सैनामैनामा रेडक्रस स्वीस रेडक्रसले अत्यन्तै राम्रो काम गरेको र कार्यक्रमबाट सैनामैना नगरपालिकालाई बिपद ब्यबस्थापनमा क्षमता बिकास गर्ने र स्वयंसेबकहरुको तयार गर्नमा महत्वपुर्ण सहयोग पुगेको बताउदै नगरपालिका भित्र रेडक्रसमा रहेका बालबालिकाहरु दखि लिएर सबै उमेर समुहले बुझन सकेकोमा खुसी समेत ब्यक्त गर्दै लु बाट बच्न को लागि आवश्यक तयारी घर घरमा हुनुपर्ने र यस्तै कार्यक्रम को लागि नगरपालिका थप बजेट ब्यबस्थापन गरेर अगाडि बढने बताउनु भयो ।
कार्यक्रमा आफनो भनाई राख्ने क्रममा विशिष्ट अतिथि तथा प्रमुख प्रशाशकीय अधिकृत जीबन ज्ञवाली ले नगरपालिकाकले नितिगत संस्थागत र क्षमता बिकासका साथै श्रोत साधनका तबरले पालिकालाई बिपद ब्यबस्थापनमा कुनै पनि कमि नराखेको कुरा स्मरण गराउदै आगामी दिनहरुमा समेत कार्यक्रमहरुलाई निरन्तर गरिने जानकारी गराउनु भयो साथै सैनामैना चुरे तथा तराई दुबैमा हुने प्रकोपबाट प्रभाबित क्षेत्र भएको र अन्य पालिकाको भन्दा यस पालिकाकमा जोखिम उच्च रहेको सन्दर्भ समेत उल्लेख गर्नु भयो ।
कार्यक्रमा बोल्नु हुदै नेपाल रेडक्रस सोसाईटी लुम्बीनी प्रदेश अध्यक्ष श लाल प्रसाद पंगेनीले सैनामैना नगरपालिकालाई बिपद उत्थानशिल नगर बनाउन र मानबीयताको नगर बिकास गर्न लुम्बिनी प्रदेश नेपाल रेडक्रसले पहल गरेको र आवश्यक अनुसार नगरपालिका लाई सहयोग हुने बताउदै लु बाट वचन सबैले जानेको कुरो समाजमा जानकारी दिनुपर्ने बताउनु भयो।
कार्यक्रमको विषयवस्तुहरुको सहजीकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका विपद व्यवस्थापन अधिकृत तिर्थराज पाण्डेय, जिल्ला परियोजना अधिकृत श्री कृष्ण मल्ल र परियोजनाका कार्यक्रम मूल्याकंन तथा प्रतिवेदन अधिकृत डिल्ली राज जोशी गर्नु भएको हो ।
संचालन गरी विपद, विपदव्यवस्थापन चक्र, जलवायू परिवर्तन, अनुकुलन र यसबाट सिर्जित समस्याको रुपमा तातोहावाको लहर र विपद व्यवस्थापनकाक्रियाकलापहरुमा खोज, उद्धार राहत, पुर्नस्थापना, पुर्ननिर्माण, रोकथाम, न्यूनीकरण र पूर्वतयारीका चरणहरुमा के के गतिविधिहरु गर्न सकिन्छ यसका उपायहरुबारे अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
जलवायू परिवर्तन र तातोहावाको लहर लू को बुझाई यसको प्रभाव र प्रभावका क्षेत्रहरु, न्यूनीकरणका रणनीतिहरु तातोहावाको लहर लूः को प्रतिकार्य यात्रालाई विश्लेषण जोखिम न्यूनीकरणका लागि समूह छलफल गरी स्थानीय क्षेत्रमा तातोहावाको लहर बाट हुने जोखिमहरु जोखिम न्यूनीकरणका सम्भावित उपायहरु र समग्र देश परिस्थितिमा पारेको प्रभावहरु बारे नगर स्वयंसेवकहरु बीच छलफल र अभ्यास गरिएको थियो ।
तातोहावाको रहर लू को प्रतिकार्यका लागि पूर्वतयारी स्वरुप गर्न सकिने क्रियाकलापहरु र प्रतिकार्यका लागि गर्नुपर्ने कार्यक्रमहरुको कार्ययोजना समेत उक्त कार्यक्रम बाट निर्माण गरिएको थियो ।
सहभागीले ले लु बाट बच्ने उपाए समाजमा आफुहरुले जानकारी दिने बताएका छन ।



