spot_img

रुपन्देहीको गैडहवा गाउँपालिका जोताईको भाडादर १ हजार ५ सय र रोडाभेटर प्रतिघण्टा रु. २ हजार कायम

गैडहवामा निर्धारण भयो ट्याक्टर जोताईको नयाँ भाडादर

भैरहवा, ४ असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा ट्याक्टरको जोताईको नयाँ भाडादर कायम गरिएको छ । गाउँपालिकाभित्र कृषि व्यवसाय प्रयोजनमा जोताईका लागि प्रयोग हुने ट्याक्टर भाडादर निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बताउनुभयो ।

असार २ गते बसेको गाउँकार्यपालिका निर्णयले उक्त भाडादर निर्धारण गरेको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कल्टिभेटर ट्याक्टरको भाडादर प्रतिघण्टा रु. १ हजार ५ सय र रोडाभेटर ट्याक्टरको प्रतिघण्टा रु. २ हजार कायम गरिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर