spot_img

राजधानीको टुँडिखेलमा मनाइयो १८ औं गणतन्त्र दिवस

राजधानीको टुँडिखेलमा मनाइयो १८ औं गणतन्त्र दिवस
काठमाडौं – सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी गणतन्त्र दिवश मनाइएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसरायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधान मन्त्रीहरु प्रकाशमान सिहं, विष्णु प्रसाद पौडेल, प्रधानन्यायधीस प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
१८ औं गणतन्त्र दिवश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा कमजोरी भए त्यो व्यवस्थाको कारण नभई निर्णयकर्ताको कारणबाट हुने बताउनु भयो । गणतन्त्र जनताको व्यवस्था भएकोले निर्णयबाट हुने कमिकमजोरीहरु निर्णयबाट नै सञ्चाउने सुबिधा गणतन्त्रमा हुने प्रधानमन्त्रीले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर