बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा तीन जनाको हत्या भएको छ । आमासहित दुई बच्चाको विभत्स हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।
३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हथाैडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ ।
उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको देखिएको र घटनाको अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।



