पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको आयोजनामा बाग्लुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङ अस्पतालमा वृत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रममा प्रमुख अतिथि ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले
रक्तदान कार्यक्रम आफैमा महत्त्वपूर्ण रहेकोले एक एक थोपाको महत्त्व धेरै रहेकोले रक्तदान आयोजना गर्ने समन्वय गर्ने स्वयंसेवि रक्तदाता टिम लाई धन्यवाद दिदै पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले सराहनीय काम गरेको बताउदै स्वास्थ्य शिक्षा पर्यटनमा काम गरेकोमा धन्यवाद दिदै पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको आगामी दिन को सफलता को शुभकामना दिनु भयो।
कार्यक्रममा पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रका अध्यक्ष देव बहादुर कुँवरले पश्चिम् बाग्लुङमा बुटवल देखि आएर रगत अभावले कसैको ज्यान नजाहोस भनेर वृत्त रक्तदान शिविर आयोजना गरिएको अध्यक्ष देव कुवर बताउनु भयो। स्वयंसेवि रक्तदाता केन्द्रीय महासचिव रक्तदाता को नेतृत्व गरेर आउनु भएका कृष्ण चौहान क्षत्री लगाएत सम्पूर्ण टिमलाई विशेष कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा रक्तदाता टिमलाई धन्यवाद दिदै रक्तदान अफिसको लागि ढोरपाटन क्षेत्रमा पनि स्थापना गर्न जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी हरुसंग आफुहरुले छलफल चलाएको बताउनु भयो ।
बुर्तिबाङ हस्पिटल ,नेपाल प्रहरी, रुपन्देही सञ्चार माध्यम विभिन्न संघ संस्था कार्यसमिति को सम्पूर्ण टिम स्वयंसेविका र विभिन्न ठाउँबाट बाट बिरामी पठाउने जनप्रतिनिधि कर्मचारी सम्पूर्ण लाई अध्यक्ष देव कुँवरले धन्यवाद दिनु भएको थियोे ।
यस्तै बाग्लुङ ढोरपाटन क्षेत्रमा पनि वृत्त रक्तदान आयोजना गरेकोमा नेपाल स्वयंसेवि रक्तदाता केन्द्रिय महासचिव कृष्ण चौहान क्षत्रीले अध्यक्ष देव कुँवर लगाएत सम्पूर्ण लाई धन्यवाद दिनु भयो
स्वास्थ्य शिविरमा बडिगाढ गाउँपालिका ढोरपाटन नगरपालिका तमान खोला गाउँपालिका निसिखोला गाउँपालिका बाट स्थानीयले रक्तदान गरेका थिए ।
कार्यक्रममा महासचिव नरहरी भुसाल दिपकको सन्चालन र समन्वय प्रवक्ता दिनेश घिमिरे र सचिवालय सदस्य होम बहादुर बि क ले गर्नु भएको थियोे ।



