spot_img

पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्र र बुटवल हस्पिटल प्रा. लि गरे ढोरपाटन नगरपालिका बुर्तिबाङ निशुल्क स्वास्थ्य शिविर १००६ जनाले लिए सेवा

पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्र को आयोजनामा बाग्लुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङ अस्पतालमा १००६ , एक हजार छ जनाले निशुल्क स्वास्थ्य शिविरको सेवा लिएका छन ।
कार्यक्रममा प्रमुख अतिथि ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले
विश्व स्वास्थ्य सङ्गठनका अनुसार “स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो रहेको र पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले सराहनीय काम गरेको बताउदै स्वास्थ्य शिक्षा पर्यटनमा काम गरेकोमा धन्यवाद दिदै पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको आगामी दिन को सफलता को शुभकामना दिनु भयो।
कार्यक्रममा पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रका अध्यक्ष देव बहादुर कुँवरले स्वास्थ्य शिक्षा पर्यटन र रुपन्देहीका १६ पालिका र पश्चिम् बाग्लुङका सबै पालिकालाई जोडेर काम गर्ने बताउदै स्वास्थ्य शिक्षाले व्यक्तिलाई स्वास्थ्यसम्बन्धी ज्ञान, धारणा र सिप प्रदान गरेर उसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याई रोगबाट बचाउन साथै स्वास्थ्यमा सुधार गर्ने र स्वास्थ्य प्रवर्धनले व्यक्ति आफ्नो स्वास्थ्यको बारेमा आफैं उत्तरदायी हुनुपर्छ भन्ने कुरामा जोड दिने बताउदै स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गरेकोमा बुटवल हस्पिटल प्रा लि र सम्पूर्ण डाक्टर बुर्तिबाङ हस्पिटल ,नेपाल प्रहरी, स्वयंसेवक रक्तदाता समुह रुपन्देही सञ्चार माध्यम विभिन्न संघ संस्था कार्यसमिति को सम्पूर्ण टिम स्वयंसेविका र विभिन्न ठाउँबाट बाट बिरामी पठाउने जनप्रतिनिधि कर्मचारी सम्पूर्ण लाई धन्यवाद दिनु भएको थियोे । स्वास्थ्य शिविर संगै रक्तदान कार्यक्रम समेत पश्चिम् बाग्लुङ रुपन्देहीले आयोजना गरेको थियोे ।
स्वास्थ्य शिविरमा बडिगाढ गाउँपालिका ढोरपाटन नगरपालिका तमान खोला गाउँपालिका निसिखोला गाउँपालिका बाट स्थानीय को शिविरमा उपस्थिति रहेको थियोे ।
कार्यक्रममा महासचिव नरहरी भुसाल दिपकको सन्चालन र समन्वय प्रवक्ता दिनेश घिमिरे र सचिवालय सदस्य होम बहादुर बि क ले गर्नु भएको थियोे कार्यक्रम जेष्ठ ९ गते शुक्रबार र १० गते शनिबार सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर