सैनामैनामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न समझदारी
सैनामैनामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न एवं बहु प्रकोपिय पुर्वसुचना प्रणाली स्थापनाका लागि बिहीबार समझदारी पत्र माथि हस्ताक्षर भएको छ ।सैनामैना नगरपालिका , नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारी , सहकार्य र सह लगानीमा सैनामैना नगरपालिकामा जुलाई २०२३ देखि संचालन भईरहेको शहरी पुर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवर्द्वन (SUPER) परियोजना अन्तर्गत थप कार्यक्रमको रुपमा मे २०२५ देखि जुन २०२६ सम्म सम्पन्न गर्ने गरि (Heat & Health Initiatives) कार्यक्रम सँचालन गर्न र सैनामैना नगरपालिकामा बहु प्रकोपिय पुर्वसुचना प्रणाली स्थापना गर्नका लागि समझदारी पत्र माथि हस्ताक्षर कार्यक्रम सरोकारवाला निकायहरु (सैनामैना नगरपालिका , नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा र जल तथा मौसम बिज्ञान कार्यालय भैरहवा ) बीच सम्पन्न भएको हो ।
सैनामैना नगरपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ ले परिकल्पना गरेको उत्थानशिल सैनामैना नगर निर्माणमा उक्त समझदारी र सम्झौता सहायक सिद्ध हुने विश्वास गरिएको छ । साथै तातो हावाको लहर (लू) को प्रतिकार्य योजनामा उल्लेखित गतिबिधिहरु कार्यन्वयनका माध्यमबाट संकटासन्न समुहहरुलाई प्रत्यक्ष रुपमा सहयोग पुग्न जाने, तातोहावाको जोखिम न्युनिकरणका माध्यमबाट विपद् व्यवस्थापन सहयोग पुग्न जाने र बहुप्रकोपिय सुचना प्रणालीका माध्यमबाट पानीजन्य आपतकालबाट बच्न पुर्व सुचना प्राप्त गर्न सकिने , पुर्वअनुमानमा आधारित प्रतिकार्यका कामहरु गर्न क्षति कम गर्न सकिने र सँगसँगै तापक्रम , आद्रता र वायु प्रदुषणको समेत उक्त माध्यमबाट जानकारी लिन सकिने बताइएको छ ।



