spot_img

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर भारतीय पर्यटक बेपत्ता

तिनाउ नदीमा डुबेर बिहीबार भारतीय पर्यटक बेपत्ता भएका छन् ।पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्जको नौतनहवाका १८ वर्षीय सोयव अन्सारी डुबेका थिए ।

प्रहरीका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए । घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको नरहमा डुबेका थिए ।

डुबेका अन्सारीको शव अझै फेला नपरेको प्रहरी चौकी, दोभानका प्रमुख रोम केसीले जानकारी दिए ।खोलामा पानीको बहाव बढेकाले खोजतलासमा कठिनाइ भइरहेको उनले बताए । पछिल्लो समय तिनाउ नदीमा डुबेर मृत्यु हुने क्रम बढेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर