रुपन्देहीमा जेठ २ गतेका दिन आएको भीषण हावाहुरी सहित पानी पर्दा बुटवल बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्कायको भवनमा ठुलो क्षती पुगेको छ बहुमुखी क्याम्पस प्रमुख अरुण कुमार क्षत्री ले जानकारी दिनु भएकोछ । प्राकृतिक विपत्तिका अगाडि झुक्नसिबाय कुनै विकल्प हुँदो रहेनछ क्याम्पस प्रमुखको भनाइ रहेको छ । साथै क्याम्पस प्रमुख क्षत्रीले यस विपत्तिका कारण हाम्रा प्रिय विद्यार्थीले कक्षा लिनका लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि समस्या समाधानका लागि क्याम्पस प्रशासन प्रयत्नशील रहेको जानकारी दिनु भएको छ।
शुक्रबार दिउँसो तीन बजे तिर सुरुमा हावा र पछि हावापानी ले बुटवल क्षेत्रमा ठुलै क्षती गरेको अनुमान गरिएको छ ।
रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार लगाएत क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको हाे भने केही ठाउँमा रुखहरू ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण नवलपरासी,रूपन्देही, कपिलवस्तु, कैलाली, बारा, कञ्चनपुर, सर्लाही, चितवन, कास्की, उदयपुर, सिराहा लगायतका जिल्लामा क्षति पुगेको बताइएको छ ।



