spot_img

मोटरसाईकल किनेको केही घण्टामै दुर्घटनामा परी दुई भाईको ज्यान गयो

मोटरसाईकल किनेको केही घण्टामै दुर्घटनामा परी दुई भाईको ज्यान गयो

नवलपरासीको कावासोती नगरपालिका-१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।

देवचुलीको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कावासोती नगरपालिका-११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादब ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्याईएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।

स्थानीयका अनुसार मृतक मध्ये दाजु सागर दर्लामी भारतबाट एक महिना अघि मात्रै बिदामा आएका थिए। बिदामा आएका उनले स्थानीय एक होटलमा काम सूरु गरि सकेको थिए भने भाईका लागि भनेर त्यसै दिन बिहान मात्रै मोटरसाईकल किनिदिएका थिए।

मोटरसाईकल किनेर घुम्न गएका रहेछन् एकदिनमै दुर्घटनामा परेको भन्ने सुनेको छु वडा सदस्य बिष्णु बिर राना मगरले भने।

मृतक सागर र ईश्वरका पिताको १० बर्ष अघि नै मृत्यु भैसकेको छ। उनीहरुलाई आमाले हुर्काउने पढाउने गरेकी थिईन भने, गतबर्ष सामुदायिक बन उपभोक्ता समितीको पहलमा स्थानीयले सहयोग जुटाएर उनीहरुको दुईधुर जग्गामा घर बनाई दिएका थिए।श्रोत समय चक्र ।।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर