रुपन्देहीको गैडहवा गाउपालिका ८ नं वडाद्वारा आयोजित विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउपालिका ८ नं वडाका अध्यक्ष भुवनबहादुर रानाले कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले !विद्यार्थीको चौतर्फी विकासका लागि यस वडाका शिक्षक विद्यालयहरुले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्दै प्रतियोगितामा सहभागी तथा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । गैडहवा ८ मैनियामा अवस्थित गोल्डेन फ्युचर इङ्गलिस बोर्डिङ्ग स्कुलमा सम्पन्न भएको उक्त हाजिर जवाफ कार्यक्रममा नमुना शिक्षा स्कुल, गोल्डेन फ्युचर स्कुल र हसनापुर मा विले क्रमस प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए भने राजदिप आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयले सान्त्वता स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र तथा शैक्षिक सामाग्रीद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा गोल्डेन फ्युचर स्कुलका कलाकार विद्यार्थी भाइबहिनीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारीहरुको उपस्थिती तथा वडा सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको भव्य र नमुना कार्यक्रममा वडा सचिव दिपक मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उपसमिति संयोजक रमेश कुमार नाउको सभापतित्व, कोषाध्यक्ष रामलाल लोधको स्वागत मन्तव्य तथा सचिव एवं गोल्डेन फ्युचर स्कुलका प्राचार्य लेखनाथ पोखरेलको सञ्चालनमा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।



