नेपालको धार्मिक यात्रामा रहनुभएका भारतका प्रसिद्ध निरञ्जना धामका पीठाधीस १००८ स्वामी कैलाशानन्दले आज पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा नं.–३ मा बशन्तपुरमा अवस्थित शक्तिपीठ माँ कामाख्या मन्दिरमा विशेष पूजा गर्नुभएको छ । स्वामी कैलाशानन्द आज साझ ५ बजे लुम्बिनी केबलकारको यात्राबाट माँ कामाख्या मन्दिरमा गई पूजा आराधाना गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

स्वामी कैलाशानन्दसंगै माँ कामाख्या मन्दिरको पूजा आराधानामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, पूर्व गृहमन्त्रि बालकृष्ण खाण लगायतका विशिष्ट व्यक्तित्वहरुको पनि सहभागिता रहेको माँ कामाख्या मन्दिरका पुजरी सुरेस पौडेलले बताउनुभयो ।
स्वामी कैलाशानन्द एवं नगरप्रमुख खेलराज पाण्डे , पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत अतिथिहरुलाई लुम्बिनी केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले स्वागत गर्नुभएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।

सती देवीको एकाउन्न शक्तिपीठहरु मध्ये माँ कामाख्याको उच्च स्थान रहेको छ । दश विद्याकी देवी मध्ये तृतीय स्थानकी देवीको रुपमा माँ कामाख्यालाई लिने गरिन्छ । माँ कामाख्यालाई तन्त्र साधनको लागि विशेष देवीको रुपमा पूजा गर्ने गरिन्छ । मनको इच्छा कामना परिपूर्ण गर्ने मानव जीवनलाई समृद्ध तथा सफलता प्रदान गर्ने देवीको रुपमा माँ कामाख्याको उपासना तथा आराधना गर्ने परम्परा आदिकाल देखि चलिआएको पाईन्छ ।
सती स्वरुपिनी, आदिशक्ति, महाभैरवी कामाख्या देवीलाई विश्वको सबैभन्दा उच्च कुमारी देवी मानिन्छ । ६ (छ) वटा टाउको र १५ (पन्ध्र)वटा नाम भएकी कामाख्या देवीलाई नेपालका केही ठाउँहरुमा कुप्चिका देवीको रुपमा तन्त्र साधना, मनको इच्छा कामना तथा आकांक्षा परिपूर्तिका लागि पूजा गर्ने गरिन्छ ।
पिता दक्ष प्रजापतिले यज्ञमा आफ्नो पति महादेवको अपमान भएपछि अपमान सहन गर्न नसकेर, त्यही यज्ञको हवन कुण्डमा देह त्याग गरेको र सतीवदेवीको विरहमा सतिदेवीको शरीरलाई महादेवले आफ्नो काधँमा बोकेर यस धर्तीको अनेकन स्थानहरुमा हिड्ने क्रममा सतीदेवीको अंगहरु क्रमशः पतन हुंदै जाने क्रममा अंगहरुको पतन भएको स्थानहरुमा शक्तिपीठहरुको उत्पति भएको पौराणिक मान्यता रही आएको छ । त्यही क्रममा ूनीलांचलू पर्वत नामक पहाडमा देवीको गर्भ पतन भएको र माँ कामाख्या देवी प्रकट हुनुभएको मान्यता रही आएको छ । यसरी यो शक्तिपीठमा प्रकट भएको देवीलाई नै ूकामाख्या देवीू को नामले पूजा आराधना गरिन्छ ।

लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार हो । यस केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखि दक्षीण तर्फ भारतको केही भूभागहरुको समेत दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।
लुम्बिनी केबलकारमा माँ कामाख्या देवीको पूजाका लागि दैनिक संयौको संख्यामा नेपाल र भारतबाट यात्रुहरु आउने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाँईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा तल्लो स्टेशनको भन्दा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पार्ईएको छ । वर्षायाम शुरु भए संगै केबलकारको माथिल्लो स्टेशनमा एक –एक घण्टाको फरकमा घाम लाग्ने र कुहिरो लाग्ने गर्दछ । पछिल्लो समय माँ कामाख्या मन्दिर धार्मिक पर्यटकहरुको लागि महत्वपूर्ण पर्यटकीय गनतव्य बन्न पुगेको छ ।



