spot_img

बुटवल हस्पिटल प्रा लि ले थप सेवा विस्तार गर्दै एकै पटक १५ जना भन्दा वढि नर्सिङ स्टाफको माग

बुटवल हस्पिटल प्रा लि ले थप सेवा विस्तार गर्दै एकै पटक १५ जना भन्दा वढि नर्सिङ स्टाफको माग

बुटवल हस्पिटल प्रा लिमा एकै पटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सचालनको तयारी भएकोे वताउनु भयाो । त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो । अस्पतालले जारी गरेको सुचना अनुसार एक हप्ता भन्दा वढि समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिवाट छनोट गरिने मेडिकल सुपेरिटेण्डेन डा ककृष्ण खनालले बताउनुभयो । आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ । बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर