spot_img

सैनामैना बाँसगढिमा कार स्कुटर ओटो विङगर दुर्घटना

रुपन्देही सैनामैना वडा न ८ बाँसगढी बजारमा दुर्घटना भएको छ ।
पुर्व पश्चिम् महेन्द्र राजमार्गमा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सालझन्डिले जानकारी दिएको छ ।
पुर्व पश्चिम् राजमार्ग अन्तर्गत बुटवल बाट सैनामैना सालझन्डी आउदै गरेको लु २ च ५७५६, नम्बर को कार र सालझन्डी बाट बुटवल तर्फ जाँदै गरेको लु २२ प ९७७४ नम्बर को स्कुटर एक आपसमा ठोकिदा कार अनियन्त्रित भई रोकेर यात्रु ओरालदै गरेको १ ह ७४७८ नम्बर को अटो र लु १ ज २८९८ विङगरमा ओटो संग ठक्कर खादा कार चालक कपिलवस्तु वाणगंगा नगरपालिका ८ बस्ने वर्ष ४५ का बुद्धिराम पौडेल सामान्य र कपिलवस्तु वाणगंगा निवासी २ बस्ने वर्ष ५२ का यादवको निधारमा चोट लागेको बताईएकोछ ।

यस्तै स्कुटर चालक कपिलवस्तु वाणगंगा वडा न ३ बस्ने भागरिथी पोख्रेलको टाउको र बायाँ खुट्टामा चोटलागेको र अबस्था मध्यम रहेको दुवै जनालाई एडमन सिटि हस्पिटल पठाईएको छ।
यस्तै विङगर सह चालक शितगंगा नगरपालिका १३ बस्ने वर्ष ३० का श्रीधर बि सि को कुममा सामान्य चोट लागेको छ ।अहिले विङगर चालक र दुर्घटना गाडी हरु प्रहरी को नियन्त्रणमा रहेको प्रहरी को भनाई रहेको छ ।
तिव्र गतिका कारण दुर्घटना भएको प्रहरी को अनुमान रहेको छ के कति कारणले दुर्घटना भएको हो थप अनुसन्धान भैरहेको प्रहरी को भनाइ रहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर