प्रेस चौतारी नेपाल रुपन्देहीले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आमसञ्चारका माध्यममा लामो समयदेखि उत्पादन, संकलन, वितरण र बजार विस्तारमा समर्पित पाँच जना सहकर्मीहरुलाई नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ। सम्मानित हुनुहुनेहरुमा २०५३ सालदेखि दैनिक लुम्बिनी पत्रीका वितरक बिष्णु प्रसाद खनाल, बिगत १५ बर्षदेखि मेचिकाली दैनिकमा कार्यरत मेसिन अपरेटर नारायण सिंह जिसी, २०६१ सालदेखि भैरहवामा रहेर पत्रीका बितरक कृष्णप्रसाद खनाल, बिगत १२ बर्षदेखी लुम्बिनी टेलिभिजनमा क्यामेरा पर्सन नगेन्द्र कार्की र बिगत ५ बर्षदेखी रेडियो मुक्तिमा कार्यरत प्राविधिक मनिषा बस्याल नेपालीलाई सम्मान गरिएको हो । सम्मान समारोहमा नेकपा एमाले पोलिटब्यूरो सदस्य, पूर्वमुख्यमन्त्री माननीय लिला गिरी, पार्टीका र संगठनका आदरणीय अग्रजहरु डाक्टर बालकृष्ण चापागाइँ, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् अध्यक्ष मिलन गाहा, पार्टीका प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरे, इन्चार्ज मोहन चापागाइँ, केन्द्रीय प्रचार विभाग सदस्य शेरबहादुर केसी, पार्टीका प्रदेश सदस्य एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रेस चौतारी केन्द्रिय सदस्यद्वय अमृत गिरी र लक्ष्मण पौडेल, निर्वाचन आयोग सदस्य बिपी गौतम, रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य, मीना ढकाल, जिल्ला अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष अस्मिना पाण्डे, कोषाध्यक्ष नरेश केसी, संसदिय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, प्रेस चौतारी प्रदेश सचिव दिपक न्यौपाने, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, संचारिका समूह, डब्लु डब्लु जे लगायत संघ संगठनका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।



