रूपन्देहीको कञ्चन गाउँपालिकामा १ महिने हलुका सवारी चालक (ड्राइभिङ) तालिमको उद्धघाटन
२०८२ बैशाख १७ बुधबार/ गोविन्द आचार्य
रूपन्देहीको कञ्चन गाउँपालिकामा १ महिने हलुका सवारी चालक (ड्राइभिङ) तालिम सुरु गरिएको छ । गाउँपालिकाको आयोजना तथा सन्ध्या ड्राइभिङ्ग इन्ष्टिच्यूट सैनामैना–११ सालझण्डी, रुपन्देहीको सहयोगमा युवा लक्षित उक्त तालिमको आज एक कार्यक्रमका बीच उद्घघाटन गरिएको हो ।
तालिम उद्घघाटन सन्ध्या ड्राइभिङ्ग इन्ष्टिच्यूट सैनामैना–११ सालझण्डीका प्रोप्राईटर चन्द्रमणी पाण्डेको अध्यक्षता तथा पालिकाका उपाध्यक्ष मौसमी थापा मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
उद्वघाटन समारोहमा कञ्चन गाँउपालिका उपाध्यक्ष मगरले युवाहरू लाई ब्यवहारिक सीप प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गर्न लागिएको बताउनुभयो । त्यस्तै उहाँले सीप भए जुनसुकै ठाउँमा गए पनि खाली बस्नु नपर्ने बताउदै इमानदारीपूर्वक तालिम सिक्न र सिकेको कुरा पछि व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव समेत दिनु भएको थियो ।
उद्वघाटन समारोहमा बिशिष्ट अतिथी कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले , कञ्चन गाउँपालिका वडा नम्बर २”का वडा अध्यक्ष टेक बहादुर गुरुङ, योजना शाखा प्रमुख चन्द्रमणि घिमिरे लगायतले बोल्नुभएको थियो ।
युवाहरूको सीप विकास गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा गाउँपालिका भित्रका ४० जना युवाहरूको सहभागीता रहेको छ । तालिममा सहभागीहरूले सैद्धान्तिक र व्यवहारिक दुवै किसिमको ज्ञान हासिल गरि रोजगारमा सहुलियत मिल्ने गाउँपालिकाले अपेक्षा गरेको छ । साथै गाउँपालिकाले आगामी दिनहरूमा पनि युवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सापकोटा ड्राइभिङ्ग सेन्टर कञ्चन ३ हरैयाका प्रोप्राईटर कृष्ण सापकोटाको स्वागत तथा न्यु सन्ध्या ड्राइभिङ्ग इन्ष्टिच्यूटका प्रोप्राईटर गुणाकर घिमिरेको सञ्चालनमा सम्पन्न भएको छ ।



