spot_img

प्रधानमन्त्री सहभागी कार्यक्रम बहिष्कार गरेको होइन : मन्त्री ढकाल

प्रधानमन्त्री सहभागी कार्यक्रम बहिष्कार गरेको होइन : मन्त्री ढकाल

१३ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रधानमन्त्री सहभागी कार्यक्रम बहिष्कार गरेको भन्ने समाचारको खण्डन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आफूले सोच्न पनि नसक्ने गरी प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।प्रधानमन्त्रीलाई लुम्बिनीमा स्वागत गरेर मन्त्रालयका महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न निर्देशनालयमा आयोजित कार्यक्रममा सहभागी भएको छु,’ ढकालले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष सहभागी कार्यक्रमबारे सोच्न पनि नसक्ने गरी कुप्रचार गरिएकोमा मेरो आपत्ति छ । यस्ता कुप्रचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’उनले हाल निर्देशनालयको कार्यालयमा बहुवर्षीय आयोजनाका सम्बन्धमा छलफल भइरहेको जानकारी दिए श्रोत अनलाइन खबर ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर