बुटवलमा ३८ वर्षीय पुरुष झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिए
बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिक एक ३८ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक टेकबहादुर चौधरी बुटवल ११, बुद्धनगरका निवासी थिए।जिल्ला प्रहरी कार्यलय प्रवक्ता सुरज कार्कीले दिनु भएको जानकारी अनुसार, शुक्रवार बिहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए। घटनाबारे थप अनुसन्धानका लागि शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। यस घटनामा अन्य थप विवरणको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ रुपन्देही प्रहरी प्रवक्ता कार्कीले बताउनु भएको छ ।



