रुपन्देहीको कञ्चनमा सञ्चालित मोडर्न भिजन एकेडेमीमा हरेक शुक्रबार ‘नो बुक डे, कार्यक्रम लागू हुने
कञ्चन गाँउपालिका/ गोबिन्द आचार्य /२०८२ बैशाख १२ शुक्रबार
रुपन्देहीको कञ्चन गाँउपालिकाकै एकमात्र आइएसओ ९००१ एण्ड २०१५ बाट सम्मानित एकमात्र शैक्षिक धरोहर मोडर्न भिजन एकेडेमी कञ्चन ३ हरैया रुपन्देहीले नयाँ शैक्षिक सत्र देखि हरेक शुक्रबार ‘नो बुक डे, अर्थात बिधालयमा अध्ययनरत विद्यार्थीहरुले अब हरेक शुक्रबार किताब नबोकी विद्यालय जान पाउने कार्यक्रम लागू गर्ने भएको छ ।
‘नो बुक डे, का दिन बिधार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र विभिन्न सीपमूलक तालिम दिईने योजनाको साथ ‘नो बुक डे, कार्यक्रम सञ्चालनमा लिईएको बिधालयका प्र.अ कृष्ण प्रसाद जैसीले जानकारी दिनुभयो । ‘नो बुक डे, का दिन नृत्य कक्षा, खाना पकाउने तरिका, कृषि गर्ने तरिका, सौन्दर्य तथा केश श्रृंगार, उद्धघोषण तालिम, शैक्षिक तालिम, साना साना बिधार्थीहरुलाई दाँत माझ्ने आदि जस्ता अन्य महत्वपुर्ण तालिमहरु सञ्चालन गर्ने बिधालयले जनाएको छ ।
साथै हप्तामा फरक फरक तरिकाले निबन्ध, हाजिरिजवाफ, चित्रकला, कविता, गजल, लगायत अन्य फलफूलका विरुवा उत्पादन गर्ने क्रियाकलाप समेत सञ्चालन हुने बिधालयले जनाएको छ ।
‘नो बुक, डे’ कार्यक्रमलाई अघि सारेको छौं आज यो पहिलो हप्ता हो मोडर्न भिजन एकेडेमी प्र.अ कृष्ण प्रसाद जैसी भन्नुहुन्छ, “उत्साहपूर्ण, रमाइलो तरिकाले बालबालिका सहभागि भएका छन्” । यस्ता क्रियाकलापले बिधार्थीहरुमा पढ्न झनै जाँगर बढाउने बिश्वास लिएको समेत बताउनुभयो ।
बिधालयले ‘नो बुक, डे’ कार्यक्रमलाई सफल बनाउनको लागि बिभिन्न क्लब तथा सदन निमार्ण गरेको छ । जसमा प्राईमरी लेबल कक्षा १ देखी कक्षा ५ सम्म रारा, बेगनास, से फोक्सुण्डो, तिलिचो, फेवा र रुपा सदन गरि ६ सदन निमार्ण गरेको छ ।
सदनहरूलाई क्रियाशील बनाउनको लागि सदन क्याप्टेन र निरीक्षकको रुपमा शिक्षकहरुलाई जिम्मेवारी दिईएको छ । रारा सदनका क्याप्टेन रितेश पौडेल क्रमश बेगनास सदनका क्याप्टेन पार्वती थापा क्षेत्री, त्यसैगरी से– फक्सुन्डो सदनका क्याप्टेन प्रकृती आचार्य, तिलिचो सदनका क्याप्टेन प्रिन्सिका हमाल, फेवा सदनका क्याप्टेन आरुसी उपाध्याय र रुपा सदनका क्याप्टेन श्री ओम्सा पौडेल रहेका छन् । सदन निरीक्षकको रूपमा शिक्षकहरु क्रमश नारायण प्रसाद वाग्ले, टेकु थापा, कला शर्मा, ईश्वर ढकाल, रेनु शर्मा र शिव पौडेल रहनुभएको छ ।
त्यसैगरी कक्षा ६ देखी कक्षा १० सम्म धौलागिरी सदन, माछापुछ्रे सदन, सगरमाथा सदन, अन्नपूर्ण सदन, कञ्चनजङ्घा सदन र मकालु सदन गरी ६ वटा सदन निर्माण गरिएको छ । जसको अध्यक्ष र उपाध्यक्ष क्रमश बिधार्थीहरु कपिल सुवेदी शृष्टि ढकाल, वीरेन्द्र पासी सोनिया जिसी, आयुष कडेल दिव्या ढकाल, विनय चौधरी उत्सव पौडेल, प्रतिज्ञा सापकोटा योगेश क्षेत्री, आर्यन रिजाल सिरिया बिष्ट लगाएतलाई छनोट गरिएको छ ।
उक्त सदनको निरीक्षकको रूपमा शिक्षकहरू क्रमश रोशन ज्ञवाली, तेज बहादुर परियार, शर्मिला ढुङ्गाना, निर्मला ज्ञवाली, अजयकुमार जैसवाल र मनोज ढकाललाई निरीक्षक शिक्षकको रुपमा रहनुभएकोे छ ।
त्यसैगरी कक्षा ६ देखी कक्षा १० सम्म आएसओ क्लब, इसिए क्लब, ईसिओ क्लब, गल्स क्लब र डिस्पीङ्गि क्लब गठन गरिएको छ ।
उक्त क्लबको निरीक्षकको रूपमा शिक्षकहरू क्रमश यम बहादुर सारु, निर्मा दर्लामी मगर, सुवाष पटेल, धिरज लामिछाने, रसु सुनार, रुपा क्षेत्री, सलु जैसी, आर.एन लोध र निमर्ला ज्ञवाली रहनुभएको छ ।
कार्यक्रम बिधालय व्यवस्थापन समितीका अध्यक्ष शुसिला न्यौपाने क्षेत्रीको अध्यक्षता तथा शिक्षकद्धय मनोज ढकाल, आर.एन लोध र रोशन शर्माको सहजीकरणमा कार्यक्रमको शुरुवात भएको छ ।
रुपन्देहीको कञ्चनमा सञ्चालित मोडर्न भिजन एकेडेमीमा हरेक शुक्रबार ‘नो बुक डे, कार्यक्रम लागू हुने
प्रतिक्रिया



